विमला चौधरी सहित चार पत्रकारलाई ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ सहित सम्मान

Tuesday, 14 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,,
काठमाडौं :=चार पत्रकारलाई ४० हजार रुपैयाँ नगदसहित ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित चार पत्रकार भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) , छेटु शेर्पा र उजिर मगर (अनलाइन) । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्धारा प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन), विमला चौधरी (रेडियो) र छेटु शेर्पा (छापा) दिइएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपाली पत्रकारितामा समावेशिता र लोकतन्त्रका लागि आगामी दिनमा पनि निरन्तर काम गर्न फोनिजलाई शुभकामना दिए । प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितालाई समाजप्रति जिम्मेवार बनाउन काउन्सिलले निरन्तर रुपमा काम गरिरहेको बताए ।

यसैगरी प्रेस चौतारी नेपालका महासचिव राजेश राई, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने र क्रियाशील महिला पत्रकारका अध्यक्ष अमिका राजथलाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा फोनिजले निरन्तर काम गरिरहेको बताए ।

यस्तै कार्यक्रमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको संविधानअनुरुप प्रेससँग सम्बन्धित ऐनकानून प्रेस स्वतन्त्रतानुकूल बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘सञ्चारसम्बन्धी कानूनहरु प्रेसमैत्री बन्नेछन, छलफल गरेर नै विज्ञापन नीति बनाइनेछ, प्रेस स्वतन्त्रतामाथि कुनै पनि काँढाले कोर्दैन, तपाईँहरु ढुक्क हुनुस् । सरकारले नागरिक र प्रेस स्वतन्त्रताको रक्षाकै लागि काम गर्ने हो, सबै मिलेर सहकार्यमा काम गर्ने हो ।’

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu