थारु भाषा साहित्य जागरण कविता संग्रह २०७५ विमोचन

Monday, 27 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कुलदिप चौधरी ,
सुनसरी:=थारु भाषा साहित्य जागरण कविता संग्रह २०७५ को विमोचन कार्यक्रम सुनसरीमा पहिलो पटक भएको छ । प्रशुराम चौधरी द्वारा लिखित थारु भाषाकाे कविता संग्रह झुम्काको कृषि तालिम केन्द्रमा एक कार्यक्रम बिच भवियताको साथ विमोचन कार्यक्रम सम्पन्न भएको हो।

थारु कानुनी व्यवसायि  सभा केन्द्रिय अध्यक्ष राम राज चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै यस कविता संग्रहमा थारुहरुको पौरानिक शब्द र मौलिक सब्दहरुहराइ रहेको आजको यश लोपोन्मुख  अवस्थामा कविताको माध्यमबाट थारु समाज र थारु समुदायलाई राम्रो सन्देश प्रवाह गरेको बताए । थारु बाहुल्य  क्षेत्रहरुमा थारु भाषालाइ सरकारी कामकाजको भाषा बनाउनु पर्ने चौधरीले जोड दिनु भयो। यसैगरी समाज सेवि शकरलाल चौधरीले नेपाल बहु भाषिक बहु जाती बहु संस्कृतिक राष्ट्रिय भएकोहुनाले संस्कार संस्कृतीको धनी मानिएका थारु समुदायलाई राष्ट्रियले संरक्षण गर्नुपर्ने जोड दिनु भयो। यसैगरी आदिवासी जनजातिका महा संघका भुपु उपाध्यक्ष तेज ना चौधरीले यदि कुनै पनि जाति र समुदाय मास्नु छ भने सब भन्दा पहिले उसको संस्कार संस्कृति मास्नु पर्छ उ जाती समुदाय आफै समाप्त हुन्छ यश सान्दर्भिक भनाइ पेस गर्दै आम समुदायलाई एक जुट हुन आग्रह गर्नु भएको छ ।

यसैगरी समाज सेबि केसी लाल चौधरीले भाषा , संस्कृति नै एस्तो मन्त्र हो जस्को प्रहार ले छिन भर मै समाजलाई  दिशा निर्देशन गर छ, त्यसरी नै यश कवितामा पनि सवरङ्ग मन्त्र पेस भएको छ  बताउनु भयो। थाकसका जि सचिब मनोज चौधरीले पनि कवितामा संदेश भए जस्तै हामी सबै आफनै ठानि अगाडि बढनु पर्ने जोड दिनु भएको थियो। कार्यक्रममा थारु महिला सभाका केन्द्रीय सदस्य शुशिला चौधरी , थारु महिला उत्थान समाजकि अध्यक्ष सीता चौधरी , थामसका जि अध्यक्ष शुशिला लेखी,थारु चल चित्र तथा संसकृत संघका जि अध्यक्ष जानकी चौधरी , आदिवासी जनजातिका नगर अध्यक्ष राज कुमार चौधरी लगायतले आफनो मनतवय  राखेका थिए । प्रशुराम चौधरीको लिखित कविता संग्रहमा जम्मा १६ वटा  कविताहरुको शिर्षकहरु क्रमशः कहब त कि कहब , मार्ग दर्श्क, समाजके अगुवा, प्रवेश भेल नया साल, दोसरके बुधिमतामे डाह नै कर, संग ठन, ठहर गे गुलाव कुछ  देर, यी सर्दान जलि वीर सहिद के कविताहरु रहेका छन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu