हमार सनेश सहकर्मी ,,
मोरंङ:= थारु कला केन्द्रले आयोजना गरेको नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ को गत भदौ ५ गते देखि ९ गते सम्म प्रदेश नं.१ को बिभिन्न शहरमा गरिएको अडिसनबाट ११८ जना थारु युवा युवतीले अडिसन दिएका थिए। निर्णायक समितिले दिएको परिणामका आधारमा १५० अंक ल्याउने ८४ जनालाई छनौट गरिएको छ ।
त्यसै गरि झुम्का सुनसरीमा भएको अडिसनबाट २० जना, उदयपुर गाईघाटबाट ७ जना, मोरंग नेताचोकबाट १२ जना, झापा बिर्तामोडबाट १७ जना र बिराटनगरबाट २८ छनौट भएको आयोजकले जनाएको छ ।
त्यसैगरी छनोट भएका प्रतिस्पर्धीले रजिष्ट्रेसन बापत लाग्ने शुल्क रु. १३ हजार थारु कला केन्द्रको कृषि बिकास बैंकको खाता नं.०६०२००१२८०८३३०१८ जम्मा गर्नु पर्ने र आगामी भदौ २१ गते सम्ममा रजिष्ट्रेशन फारम भर्न सक्ने अध्यक्ष देवकृष्ण बिश्वासले जनाएको छ । छनोट प्रतिस्पर्धीलाई १ महिना सम्म बिराटनगरको इस्टर्न स्टार होटेलमा तालिम दिईनेछ भने तालिम अवधिभरमा इभेन्ट समबन्धि तालिम, क्षमता अभिवृद्धि, भाषणकला र थारु संस्कृतिबारे जानकारी तथा प्रदर्शनी, यात्रा, फोटो सुट हुने जनाएको छ/ त्यसैगरि सहभागीले टिसर्ट, १ जोडी लुगा, तालिम अबधिमा खाजा पाउनेछन । उदयपुर र झापाका सहभागीका लागि निशुल्क बास सुविधा रहने आयोजकले जनाएको छ ।
आगामी भदौ २३ गते शनिबार होटेल इस्टर्न स्टार बिराटनगरमा छनोट भएका सहभागीलाई अभुमुखीकरण कक्षामा दिईनेछन भने यस इभेन्टलाई नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटलले मुख्य प्रायोजन गरेको र थारुके आवाज नामक संस्थाले सह-आयोजकको भूमिका निर्वाह गरेका छन् ।त्यसैगरी थारु उत्थान महिला समाज, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, प्रगति महिला समाज लगायत संस्था, बिभिन्न बिधालय, कलेज, व्यावसायिक प्रतिष्ठानले समेत सहयोगी भूमिका निर्वाह गरेका छन् ।