पश्चिम थारु समुदायले भब्य मनाए गुरही पर्व (भिडियो र फोटो फिचर हेरि सेयर गर्नुहोस् )

Friday, 17 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
कैलाली := पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।
पछिल्लो समय गुरही पर्वमा गैरथारु समुदायले पनि थारु पहिरनमै सजिएर सहभागिता हुन थालेपछि त झनै उक्त पर्वमा सुनमा सुगन्ध नै थपिएको हो ।
यसैबीच, थारु वस्तीमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर गुरही पर्व मनाइएको छ । धनगढीमा बसोबास गर्ने थारुले पनि धनगढीमा विभिन्न कार्यक्रम गरी पर्व मनाएका हुन् । थारु कल्याणकारिणी सभा कैलाली र सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीको गुरही चोक (क्याम्पस चोक) मा हर्षोल्लासपूर्वक पर्व मनाएको छ ।
थाकस सचिव माधव थारुले रोगव्याधी हटाई समाजमा शान्ति र अमनचयन कायम गर्ने विश्वासका साथ गुरही पर्व मनाइने प्रचलन रहिआएको बताए । भाई बहिनीको उपस्थिति विना पर्व अपूरो हुने हुँदा पर्वले भाई बहिनीबीचको माया थप प्रगाढ हुने समेत थाकस सचिव थारुको भनाई छ ।त्यस्तै कैलालीकै मसुरिया, सुखड र दाङको देउखुरीमा पनि गुरही पर्व भव्यरुपमा मनाइयो।

थारु समुदायको गुरही (गुरिया) पर्व 

हेर्नुस् भिडियो र केही तस्बिर:













Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu