भब्यताका साथ गुरही पर्वको थारु विद्यार्थी सभाले गरे समापन

Friday, 17 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौं := थारु समुदायको पहिलो तिहुवारको रुपमा मनाइने गुरही पर्व भव्यताका साथ थारु विद्यार्थी सभाले काठमाडौमा समापन गरेको छ । काठमाडौको कोटेश्वर स्थित महादेव स्थानको महादेव मन्दिर को प्राङ्गणमा भएको गुरही पर्व २०७५ को उदघाटन बरिस्ठ समाजसेवी तथा थारु फिल्मकर्मी रामलाल चौधरीले उदघाटन गरेका थिए ।

गुरही पर्वबारे उपस्थित स्थानिय वासी तथा पुर्व देखि पश्चिम सम्मका थारु विद्यार्थीहरुलाइ थारु विद्यार्थी सभाका उप सन्योजक प्रेमा थारुले जानकारी दिएका थिए ।काठमाडौ अध्यनरत थारु छात्राहरुले आफ्नो गुरही बनाएर थारु पहिरनमा कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा मिस्टर थारूको बिजेता चन्दन चौधरी र  सेकेन्ड रन्नरअफ प्रदुमन चौधरी लागायत थारु विद्यार्थी सभा मकवानपुरका सभापति राजेश चौधरीको, थारु विद्यार्थी सभा पुल्चोक इन्जिरिग क्याम्पस  इकाई समितिको अध्यक्ष  बिप्लव चौधरी र मिस्टर एणड मिस थारुको इभेन्ट मनाजेर सुदिप चौधरी पनि उपस्थिति थियो ।

काठमाडौमा उपत्यकामा दुई ठाउमा गुरही पर्व भए पछि समाजिक सन्जालमा बिरोध देखा परेकोछ । यश सन्दर्भमा थारु विद्यार्थी सभा केन्द्रिय समितिका सन्स्थापक अध्यक्ष सन्जय चौधरी थारुले काठमाडौमा थारु विद्यार्थी सभाले गुरही शुरूवात गरेको र आफ्नो संस्था को कार्यक्रम अनुसार निरन्तरता दिने बताएको छ ।काठमाडौमा एकीकृत गुरही पर्वको लागि अगामी बर्ष सोच्न सकिने उहाले थरुहट ड्ट्कमलाइ जानकारी गराए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu