एलएन गच्छदार,,
मोरङ:=मोरंगको ग्रमथान गाउँपालिका-३ सिधहराको पोखरी नहरमा आज बिहान अन्दाजी ९:३० बजे बिराटनगर-१५ बस्ने २३ वर्षिया सिता घिमिरेको विभत्स हत्या भएको छ।
बिराटनगर -१३ का ३० बर्षका दिनेश भट्टराईले आफुलाई धोका दिएको भन्दै प्रेमिकालाई घाटी, टाउकोमा अन्धाधुन्द खुकुरी प्रहार गरि हत्या गरेको छ भने प्रेमिकाको घटना स्थलमै मृत्यु भएको स्थानिय संजिव चौधरीले जानकारी दिए। बालबालिकाहरु सोहि स्थानमा खेली रहेको अवस्थामा भट्टराईले घिमिरेलाई खुकुरी प्रहार गरेको देख्दा गुहार्दै गाउलेलाई भने पछी भाग्ने क्रममा हत्यारा प्रेमीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरैंचालाई जानकारी गराए।
घटना स्थल पुगेका प्रहरी टोलिका अनुसार उनिहरु प्रेम प्रेमिका नै भएको र भट्टराईले धोका दिएको कारणले हत्या गरेको प्राम्भिक बयान दिएका छन्।
