जातीय पहिचान संरक्षणको लागी सम्पुर्ण चौधरी,थारुहरु संगठित हुनु पर्छ :- जंजीर प्रसाद

Friday, 17 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सीताराम चौधरी,
कपिलवलस्तु:=थारु कल्याणकारिणी सभा (थाकस)का जिल्ला अध्यक्ष जंजीरप्रसाद थारुले थारुहरुको जातीय पहिचान संरक्षणका लागि संगठित हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै थाकस जिल्ला अध्यक्ष थारुले यस्तो बताएका हुन्।। उनले भने, ‘अन्य जातिभन्दा थारुहरुको बेग्लै पहिचान छ, यसलाई बचाउन थारु जाति एकजुट हुनुपर्छ।’ २१औं सताब्दीमा पनि थारु समुदाय उच्च शिक्षामा निकै पछाडि परेकाले शैक्षिक सुधार गर्न आवश्यक रहेको उनले जोड दिए।

शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले थारुहरुको हकहितका लागि आफू सधैं साथमा रहने विश्वास दिलाइन्। नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकार्यको शुभकामना दिँदै उनले भने, ‘थारु जातिको परम्परागत भेषभुषा, भाषा, कला, संस्कृति जगेर्ना गर्न नयाँ समिति अग्रसर हुनुपर्छ।’
थारुहरुको जातीय पहिचानका लागि नगरपालिकाबाट हुनसक्ने सहयोग पुर्याउने उनले आश्वासन दिइन्। यस्तै कार्यक्रममा शिवराज नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला सल्लाहकार सदस्य झगरु लगायतले शुभकामना मन्तव्य राखेका थिए।

थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनले जगतदेव थारु अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ। इकाई समितिको उपाध्यक्षमा शिवकुमारी थारु, सचिवमा सुमन थारु, सहसचिवमा इन्द्र बहादुर थारु र कोषाध्यक्षमा अन्जु थारु सर्वसम्मत निर्वाचित भए।
त्यसैगरी सदस्यहरुमा राधेश्याम थारु, गौतम थारु, भग्गन थारु, सरिता थारु, बबिता थारु र राजेश थारु चयन हुनुभएको निर्वाचन कमिटीले जनाएको छ । कार्यक्रममा नवनिर्वाचित थाकस शिवराज इकाई समिति अध्यक्ष जगतदेव थारुले थारुहरुको जातीय पहिचान बचाउन सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu