यो बर्ष भित्र टिकापुर घटनाको बन्दीहरु रिहाई हुन्छ :- महन्थ ठाकुर

Tuesday, 21 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी/
धनगढी:=राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र थरुहट नेता लक्ष्मण थारुबीच कैलाली कारागारमा भेटवार्ता भएको छ ।

टीकापुर घटना, समसामयिक राजनीति र पार्टीको आन्तरिक संरचनाबारे राजपा नेता ठाकुर र थारुबीच झण्डै आधा घण्टा छलफल चलेको थियो । भेटवार्ता र कारागार अनुगमनपछि टीकापुर घटनाबारे सञ्चारकर्मीको जिज्ञासामा नेता ठाकुरले भने, ‘टीकापुर घटनाको मुद्दा अदालती प्रक्रियामा गइसकेको छ । अब अदालतले छिटोभन्दा छिटो प्रक्रिया टुंग्याउनेमा हामी विश्वस्त छौ । १-२ महिना त भन्दैनौ तर यही वर्ष नै रिहाइ हुन्छ ।’

उनले टीकापुर घटनालाई राज्यले अझै आपराधिक नजरले हेरेको बताए । ‘घटना राजनीतिक हो । तर, घटनालाई आपराधिक ढंगले हेरिएको छ । आपराधिक ढंगले मात्रै हेरिनु हुन्न’, उनले अगाडि थपे ।

नेता ठाकुरले सरकार र राजपाबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा पनि शिथिलता देखिएको बताए । निर्वाचनपछि वर्तमान सरकारलाई बहुमत प्राप्त भएपनि जनआकांक्षा तथा संविधान संशोधन, मधेशी थारु लगायतको माग सम्बोधन अझै नभएको भन्दै उनले असन्तुष्टि जनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएको उनले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu