नागपञ्चमी
हिन्दुपरम्परा अनुसार
घरका ढोकामा नागको चित्र
टाँसी पूजाआजा सहित नागपञ्चमी पर्व मनाइदैंछ ।
बराहपुराणमा उल्लेख भएअनुसार नागराजसंग
ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण
शुक्ल पञ्चमी अर्थात आजको दिन
नागपूजाको लागि प्रसिद्ध रहेको छ ।
यस दिनमा नागका अष्टकुल अर्थात अनन्त बासुकी,
पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख
नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले
पूजागरी दुध र लावाको नैवैद्य चढाई घरको मूल
ढोकामाथि टाँस्नाले त्यस्तो घरमा चट्याङ पर्दैन
र आगो र सर्पको पनि डर हुँदैन भन्ने धार्मिक
मान्यता छ ।
आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ
भएको मानिन्छ । हिन्दु धर्मका चाडपर्वहरु
पनि नागपञ्चमीबाटै शुरु हुने मानिन्छ ।
एक्बेर एहोरु हेरि ना ?
नागपञ्चमी
के नाग पूजा गर्नाले सर्प भए हुदैनत ?
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै
रहस्य लुकेको हुन्छ। यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण
शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग
पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ। यो पर्व
बर्षायाममा पर्ने भएकाले सर्प
बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु
स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार
यो दिन नागको पूजा गर्नाले
सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग
पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न भन्य छ।
यो कुरा सत्य होस् अथवा न होस् तर नाग
पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्।
बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प
तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने
पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन भदौ तिर
बर्षा भयो भने भारी बर्षा हुने र घाम
लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ
यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने
ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर
जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्। मानिसहरू
चाड पर्वमा घरको अन्य कामकाज छोडेर
पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन
सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने
कुरै भएन। यस कारण नाग
पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य
कुरा १००% सत्य मानिन्छ।
नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो।
नागपञ्चमी श्रावण महिनामा शुक्ल
पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र
विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान्
भोलेनाथको पूजा आराधना गर्नु
पनि यो दिनमा शुभ मानिन्छ।
पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?
पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन
ब्राह्मणले कागजमा विभिन्न नागहरू जस्तै:-
बासुकी नाग, तक्षक नाग, कर्कट नाग, पद्म नाग,
कालिय नाग, शेष नाग इत्यादी नागहरूका चित्र
हातले अथवा छाप (स्टैम्प)मा छापेर यजमानका घर
घरमा बाँड्दछन्। यसरी नागका चित्र
बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म,
माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन्।
साथै नागको पूजा गर्ने मन्त्र पनि यसै
कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न
ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन
भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग
पञ्चमीका दिन नागको पूजा गरेर
घरको दैलोमा टाँस्ने गरिन्छ।
नागपञ्चमी महत्व र विशेषता
हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई
देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै
विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग
देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान
शंकरजीको आभुषण होस् वा भगवान
विष्णुजीको शय्या होस्, विभिन्न
स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न
पाइन्छ ।
पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु
भयो भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक
ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार
मान्दा राजा परीक्षितका छोरा जनमेजयले
गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज
आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध
गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण
नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल
पञ्चमीको दिन भएकाले यो दिनदेखि नै
नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै
पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव
पार्वती संवादमा भनिएको छ कुनै समयमा एक
जना किसानको घरमा उसको दुइवटा छोरा र
एउटी छोरी थिई । एक दिन त्यस किसानले
खेतमा खनजोत
गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग
देवता रिसाई किसानको घरमा गई किसानसहित
उसको परिवारलाई नै डस्यो तर
उसको छोरी छिमेकीको घरमा भएकोले बाँची र
भोलिपल्ट किसानको छोरीलाई पनि डस्न
भनी जाँदा किसानको छोरीले नाग
देवताको पूजा गरी दूध चढाई, त्यो देखेपछि नाग
देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई
बचाइदिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व
मनाउन थालिएको पाइन्छ । यसरी नाग
पञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व
हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ
मनाउँदै आएको पाइन्छ ।
नागपञ्चमी पूजा र विधि
प्रत्येक वर्ष आउने श्रावण
शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन
बिहानै उठी, स्नान
गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले
नागको भय हुँदैन । गाईको गोबर
अथवा गहुँको पिठोबाट निर्मित
नागमा वा कागजमा बनाएको नागलाई दियो,
कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फूल, सिन्दुर,
चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य
सहित
प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले
कालसर्प आदि गरिएको योग पनि नष्ट हुन्छ ।
नाग पञ्चमीको विशेषता
आजको दिन नागको चित्रमा दुध, दही, अक्षता,
फुल, दुबो राखी गाईको गोबरको सहायताले
घरको ढोका माथि टाँस्ने गरिन्छ।
आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू
भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात
अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र
शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ
नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक
विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार
पञ्चमी तिथिका स्वामी नाग देवता हुन।
भूमिमा नाग देवताको बसोबास हुने र
भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले
नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग
राख्नु शुभ मानिदैंन।
नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने
गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त
भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद
पकाई, त्यसलाई सर्व प्रथम नाग
देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण
गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र
आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै
किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन
खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग
पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै
नियमको पालना गर्नुपर्दछ।
मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर
घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू
शास्त्रको मान्यता रहेको छ। पश्चिम
नेपालका अधिकांश जस्तै:- दैलेख, अछाम,
कालिकोट, आदी जिल्लाहरूमा नाग
पञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई
रहेको छ। नेपालमा नाग पञ्चमीका दिन
कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव
जनावरहरूका चित्र बनाएर
पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ। यसका साथै
नाग पञ्चमी र
श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु
पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले
हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे
खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने
नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न
नाग देवताको मन्दिरहरूमा नाग
पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले
पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई
आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन
छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न
सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश,
चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजा गरेर नाग
स्तोत्रको पाठ गर्ने गरिन्छ :-
नागमन्त्रको तीन माला जाप गर्दा नाग
देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई
श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले
नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु
राम्रो मानिन्छ, त्यस्तै
आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने
विधान छ।
घरको जग खन्दा नागको शिर विचार
नयाँ घर बनाउँदा घरको जग खन्ने
बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने
शास्त्रिय विधान रहेको छ।
नागको शिरमा खन्दा आफुलाई पिडा,
पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने
अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र
सफलता पाइन्छ। भाद्र, आश्विन र कार्तिकमा पूर्व।
मंसिर, पुष र माघमा दक्षिण। फागुन, चैत्र र
वैसाखमा पश्चिम तथा जेठ, असार र
श्रावणमा उत्तरमा नागको शिर हुन्छ।
Human beings soon after stabilizing from
nomadic venture started the ritual of
worshipping the nature and everything that
was helpful to them in one or another way. It
helped them construct a system that was
derived from the beliefs in social organizations,
local cults and deities. Humans thus started
exploring nature and started sorting a culture
to abide by. Things like sun, river, mountain
and snake have been thought of as important
element of simultaneous existence since then.
Snake worship has also been a part of the
culture of India ever since then. Nag Panchami
is one of the most important festivals in India
celebrated to commemorate the existence of
the snake god.
Celebrated on the fifth day of the moonlit-
fortnight in the month of Shravan according to
the Hindu calendar, this festival falls in the month
of July /August according to the Gregorian
calendar. It is celebrated in various parts of the
country amongst the community where it has
been prevalent for long. The grandest celebrations
can be seen in the southern India and in the
states of Bengal and Maharashtra. The festival
has religious significance too. It is believed that
Snakes have been the savior of human race from
the wrath of demons and also, that the earth is
balanced on the head of on Shesh Naag. There
are also several legends and stories associated
with the festival, one of the most important one is
given below.
Stories & Legends Of Nag Panchami
It is said that long before Aryans arrived in India,
a clan named Nagaas lived in India. It was a
highly developed clan. It is said that the snake-
worship amongst the Nagas, was extremely
popular and it can be proved according to the
evidences derived from the Indus Valley
civilization of 3000 B.C. After the Naga culture
gradually got incorporated into Hinduism, the
Indo-Aryans also gradually accepted many of the
snake deities as their God too. The prominent
Cobra snakes mentioned in the Puranas that are
to be worshipped are Anant, Vasuki, Shesh,
Padma, Kanwal, Karkotak, Kalia, Aswatar,
Takshak, Sankhpal, Dhritarashtra and Pingal.
However, some of the historians claim that they
were not snakes but Naaga Kings of various
kingdoms which were worshipped as Gods.
It is also a popular belief amongst people in
Hindu religion that thousand-headed Shesh Nag
who symbolizes Eternity holds the entire spherical
earth on it head. Also, that it is the resting couch
of Lord Vishnu, one of three most important gods
of Hindu religion. In Jainism and Buddhism snake
is regarded as sacred creature with divine
qualities. It is because some ancient texts say
that a Cobra snake saved the life of Buddha and
the Jain Muni Parshwanath.
Stories of snakes association with Hindu gods
also enhance the stature of these reptiles in
Hindu culture. A popular legend says that the
elder brother of Lord Krishna, Balram was the
incarnation of Seshnag on earth. Snake is also
given due importance because it is considered to
be the ornament of Lord Shiva around his neck.
The celebration of Nag Panchami in the month of
Shrawan (considered as the month of Lord Shiva
in Hindu religion) also explains the deep
association of Shiva and commemoration of
snake as his companion.
It is believed that even the ancient architecture
exhibit the evidence of the importance of snakes
in the Indian culture. On the caves of Ajanta, the
images of the rituals of snake worship have been
found. Even Indian literature is full of stories of
the virtue of snake. The famous author Kautilya,
in his "Arthashastra" has given detailed
description of the cobra snakes. It is said that it
was also the wide belief of people in ancient India
that if they worship snake, they won't cause harm
to them and their family. So, there is no one
specific legend to why the Naga Panchami started
in India, it is being for too long due to the
religious significance and social importance of
this unique reptile.

