हमार सनेश सहकर्मी ,,
काठमाडौं := आगामी असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा हुन गइरहेको नेपालमा रहेको आदिवासी जनजाती तराईको भुमिपुत्र चौधरी,थारु जातिको माउ संस्था भनेर चिनिने थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं महाधिवेशनमा नेता राजकुमार लेखी अध्यक्ष पदका लागि चुनाव लड्ने निर्णय गर्नुभएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतासमेत रहनुभएका लेखीले थारु आन्दोलनलाई उचाईमा पुर्याउन, थारुको माग मुद्दाको सम्बोधनका लागि सशक्त दवाव सिर्जना गर्न नेतृत्वदायी र जुझारु नेतृत्वको आवश्यकता महुशस भएर आफूले नेतृत्वका लागि तयारी गरेको बताउनुभयो ।थारु बहुल जिल्लाबाट विशेषगरी युवापींढि प्रतिनिधिहरुले अवको थाकस सशक्त र परिणाममुखी हुनुपर्ने माग राख्दै नेतृत्वकालागि आफूलाई आग्रह गरेकाले युवाहरुको मागअनुसार आफूले नेतृत्वकालागि तयारी गरिएको लेखीले बताउनुभयो ।
यसअघि अध्यक्ष पदकालागि वर्तमान अध्यक्ष धनीराम चौधरी, चित्तवनका विश्राम महतोले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । अव लेखी पनि अध्यक्षकालागि तयार भएपछि धनीराम र लेखीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि धनीरामको नेतृत्व एक कार्यकाल थारु समुदायले हेरिसकेकाले लेखीको पल्ला भारीहुने अनुमान सहजै लगाउन सकिन्छ ।पहिलानै नेपाल आदिबासी जनजाति महासंघको अध्यक्षको नेतृत्व गरिसक्नुभएका नेता लेखीले थाकसको महामन्त्री भएर पनि थाकसलाई अघोषितरुपमा नेतृत्व गरिसक्नुभएको छ । धनीराम चौधरीलाई नेतृत्वमा ल्याउनमा लेखीकै भूमिका रहेको यसअघि ब्यापक चर्चा चलेको थियो । यसपाली पुनः धनीराम मैदानमा जाने तयारी गरिरहेकाबेला नेता लेखीले पनि नेतृत्वका लागि आफू तयार रहेको घोषणा गर्नुभएको हो।
महाधिवेशनको तयारी युद्धस्तरमा भइरहेकाबेला नेतृत्वकालागि नाम घोषणा हुनेक्रम जारी छ । घोषणा नगरे पनि अध्यक्षका लागि हरिदेवी चौधरी, अमृत खाँ, पूर्व अध्यक्ष चन्द्रकुमार चौधरीको पनि नाम चर्चामा आइरहेको छ । युवा पंक्तिको मागलाई आफूले नकार्न नसकेको भन्दै लेखीले सबैको आग्रह र शुभेक्षाअनुसार आफू अघि बढ्ने निर्णय गरेको बताउनुभयो ।
थारुले उठाउँदै आएको मागमुद्दाको सम्बोधन, टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाई, युवालाई नेतृत्वतहमा ल्याउन पनि आफूले भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै नेता लेखीले आफू यसअघिसम्म नेतृत्वकालागि तयार नभए पनि चौतर्फी युवाहरुको आग्रहका कारण नेतृत्वमा जाने सोच बनाएको बताउनुभयो ।
आफू अध्यक्षमा निर्वाचित भएमा थारु आन्दोलनलाई उचाईमा पुर्याउने प्रतिवद्धता उहाँले जनाउनुभयो । थारुको माग सम्बोधन हुन नसक्नु, थारुको आन्दोलन उठ्न नसक्नु , बिनाकारण मुद्दा चलाइएका थारु जेलबन्दिहरु लाई अहिले सम्म छुटाउन नसक्नुमा नेतृत्व गर्नेको कमजोरी मुख्य कारण रहेको बताउँदै नेता लेखीले त्यसकालागि ,ती सबै मागमुद्धाहरु पूरा गराउन आफू नै नेतृत्वमा आउनुपर्ने अवस्था महुशस भएको बताउनुभयो । अध्यक्ष पदमा आफूलाई सहयोग गर्न उहाँले सबै युवापङ्ति, प्रतिनिधि, थाकसका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुकहरु सबैमा आग्रह गर्नुभएको छ ।
