हमार सनेश सहकर्मी ,
कुलदिप चौधरी,,
सुनसरी:= थारु समुदायको छाता संगठन थारु कल्याणकारीणि सभाले सुनसरीको जिल्ला अधिवेशन पुर्न तयारीको साथ आज पत्रकार समेलन गरेको छ । दरजनौ संचारकर्मी सरमजिवि पत्रकारको बिचमा रामधुनिको थाकस भवनमा सो पत्रकार समेलन सम्पन्न भएको छ ।
थाकसको जिल्ला अध्यक्ष पुनितलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम लाई सम्बोधन गर्दै , थारु कल्याणकारीणि सभाको २२ औ केन्द्रिय राष्ट्रिय अधिवेशन नजदिक्दै जादा थाकसले थारु बाहुलिय क्षेत्र २४ वटै जिल्लाहरुमा आफ्नो जिल्ला अधिवेशन सम्पन्न गर्न लागेको हो र यो संस्थाले २००५ सालमा बैधानिक रुपमा थारुहरुको समाजिक, शैक्षिक, आर्थिक र संा स्कृतिक सर्वाङ्गिग बिकासको निम्ति आज सम्म थारु हक हित र अधिकारको निम्ति लडदै आएको बताउनु भयो। आज यसै संस्थालाई अझ फलाउन फुलाउन सम्पुर्ण थारु हरुको जिमेवार भएकोले सबैलाई एक जुट भइ जिल्ला अधिवेशन सम्पन्न गर्न चौधरीले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा थाकसको केन्द्रिय पारसद केशिलाल चौधरी , जिल्ला सचिव मनोज चौधरी , स सचीव सुरेन्द्र चौधरी , सदस्य रामपरि चौधरी , थामसका केन्द्रिय सदस्य शुशिला चौधरी , जि अध्यक्ष शुशिला लेखी, आदिवासी जनजाति इनरुवा नगर अध्यक्ष दुलि चन चौधरी लगायत सरोकार बालाहरुको उपस्थिती रहेको थियो। अधिवेशनको संयोजनक थाकस इनरुवा नगर अध्यक्ष मोहि नारयण चौधरीले सम्पुर्ण तयारी भएको जानकारी गराएको छ । २६ र २७ गते हुनगाइरहेकको अधिवेशनमा थारु कला संस्कृती, झाकी , धूम्रा नाच , थारु भेष भुसा खान पान समेतको पर्ददर सन रहने स सचिब सुरेन्द्रले जानकारी दिनु भएको छ ।
