विभिन्न पार्टी परित्याग गरि संघीय समाजवादी फाेरममा प्रवेश

Monday, 10 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
कपिलवस्तु:=संघीय समाजवादी फाेरम नेपालकाे कार्यकर्ता भेला तथा प्रवेश कार्यक्रम हिजाे सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटा स्थित चन्द्राैटा हाेटलमा कार्यक्रम समापन भएकाे हाे ।

     शिवराज नगर समितिकाे अायाेजनामा गरिएको साे कार्यक्रममा नव सदस्यहरू पाटी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेमा सरस्वती बढई, पवनकुमार बढई, मैनाबन्ती पाल, राधा बिरेन्द्र पाल, राम शंकर बढई, शिव मंगल पाजी, चन्द्र प्रकाश चाैधरी, अर्जुन बहादुर धाेबी, शिवक यादव, इरसाद खान, मेराज खान, नगेन्द्र मिश्र, पप्पु चाैधरी, राम किसुन चाैधरी र त्रिनहज अालम रहेकाे शिवराज नगर अध्यक्ष कृष्ण कुमार चाैधरीले बताए।

     भेला तथा प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहनुभएका संघीय समाजवादी फाेरम नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य, विधेयक तथा प्रदेश सभा सदस्य सहसराम यादवले कार्यक्रमलाई सम्बाेधन गर्नुहुदैँ पार्टीलाई एकीकरण गर्दै लानुपर्नेमा जाेड्द दिनुभयो । उहाँले भन्नुभयो हाम्रो पार्टी अघि बढ्दै छ यसमा मधेसी मात्रै नभएर सबै जातजाति समावेश गरेर, सबैकाे हकअधिकार सुनिश्चित गर्नुका साथै तराई देखि हिमाल सम्म पार्टी विस्तार गर्दै जानेछाैँ र विशेषगरी महिलालाई प्राथमिकता दिएर उनीहरू चुलाे चाैकाेमम मात्रै सिमित नराखेर अब राजनीतिक क्षेत्रमा पनि ल्याउनुपर्नेमा पुरूषहरूकाे निकै महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो।

     उक्त कार्यक्रममा बाेल्ने अधिकांश बक्ताहरूले नव पार्टी प्रवेश सदस्यहरूलाई शुभकामना दिएका थिए । विधेयक सहसराम यादवकाे प्रमुख अातिथ्यिता, प्रदेश प्रवक्ता सदस्य अक्रम पठान, प्रदेश सभा तथा विभिन्न जिल्लाहरूबाट दर्जनौं नेता लगायत कार्यकर्ता  सहभागीता, प्रभु यादवकाे स्वागत मन्तव्य र शिवपुजन यादवकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu