पार्वतिले महादेव प्राप्त गरेको स्मरणमा तीज पर्व धुमधामसँग मनाइँदै

Wednesday, 12 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व धुमधामकासाथ हिन्दू नारीहरुले मनाइरहेका छन् । आज बुधबार तीजको व्रत बसी व्रतालुले महादेव तथा पार्वतिको स्मरण गरिरहेका छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति प्राप्त हुने, सबैको कल्याण हुने धार्मिक विश्वास गरिदैआएको छ । तीजको पुरुषले पनि व्रत बस्नसक्ने धार्मिक मान्यता छ । पुरुषले व्रत बसेमा विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य एवं अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु प्राप्त गर्ने धार्मिक मान्यता रहँदैआएको छ ।भनेर हमार पाहुरा थारु दैनिकमा समाचार छापिएको छ।

(सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति प्राप्त गर्ने इच्छा व्यक्त गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णु भगवानसँग विवाह गरिदिने निर्णय सुनाएका थिए । पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गर्न सफल भइन् ।)


सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति प्राप्त गर्ने इच्छा व्यक्त गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णु भगवानसँग विवाह गरिदिने निर्णय सुनाएका थिए । तर पार्वतीले विष्णुलाई मन पराएनिन् ।

उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले पार्वतिलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएका थिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गर्न सफल भइन् ।

यसरी पार्वति साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन हिन्दू नारीहरुमा शुरु भएको धर्मशास्त्रीय मान्यता छ । हरितालिकाको तिज थारु समुदायका महिला तथा पुरुषले मनाउने प्रचलन नरहे पनि आजभोलि केही जिल्लाका थारु महिलाले पनि व्रत बसी तीज पर्व मनाएको देखिन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu