मन्दिर प्रवेश बिषयमा बृहत् छलफल कार्यक्रम सम्पन्न

Tuesday, 11 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
बारा:=बाराको सिम्रौनगढ़ स्थित झवानीमा रहेको महादेव मन्दिरमा दलित प्रवेशको बिषयलाई लिएर हिजो सोमवार बृहत् छलफल भएको छ। अबेर सम्म भएको छलफलमा आन्तरिक छलफल गरी आज निर्णय लिने शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रमेश कुश्वाहाले बताएका छन । हिजोको छलफल बिना निष्कर्ष टुंगिएको हो। 

युवा बिधार्थी संघर्ष समिति सिम्रौनगढ़को आयोजनामा भएको उक्त छलफल कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामप्रीत पासवानको बिशेष उपस्थिति रहेको थियो। 
सिम्रौनगढ़ युवा बिधार्थी संघर्ष समितिका अध्यक्ष उमेश कुश्वाहाको अध्यक्षतामा सो बृहत् छलफल कार्यक्रम भएको थियो।

कार्यक्रममा दलित सञ्जालको धर्मेंद्र पासवान, मधेशी दलित गैर सरकारी संस्था रौतहटका अध्यक्ष उदयनारायण राम, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रौतहटका अध्यक्ष सुखाडी बैठा, रौतहटका दलित अगुवा अनूप माझी, दलित एकीकृत बिकास नेपालका नन्दकिशोर पासवान, दलित अधिकार मञ्च रौतहटका अध्यक्ष सबिन्द्र राम, युवा बिधार्थी संघर्ष समितिका सन्नी गुप्ता, उमेश कुशवाहा, स्थानीय सूर्य सहनी, अवधेश सहनी, नन्दलाल सहनी, पूर्व गाविस अमृतगंजका अध्यक्ष गगनदेव कुशवाहा, नन्दू राम, बिनोद राम,सरस्वती देवी राम लगयतकाले बिचार राखेका थिए।  कार्यक्रममा महिला पुरुष गरी करीब सात सय जनाको सहभागिता रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu