हमार सनेश सहकर्मी ,,
सुजन बिश्वकर्मा,,
काठमाडौं := गीत संगीतको पनि एक सिजन हुन्छ।सिजन हुन्छ भन्दैमा बेसिजन गीतहरु नी चलिरहेकै हुन्छन।गीत संगीत मानिसको सदाबाहार साथी भने अनुयुक्ती नहोला।तर यहाँ सिजनको प्रसंग यो अर्थमा उठाइयो कि आउदै गरेको हिन्दुनारीहरुको महान चाड तीजलाई लक्षित गर्दै गीत तथा म्युजिक भिडियो डिजिटल प्रबिधीमा सार्वजानिक गर्ने एक होड नै चलेको छ।
यसै परिवेशमा रोयल च्वाइस म्युजिक प्रा.लीक प्रस्तुतिमा कमाला गैरे र जगत गौडेलको अत्यन्तै मीठो तीज गीत “रेलले तान्छ ” सोही म्युजिक कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।
सांगीतिक क्षेत्रमा लामो समय देखि एकनास चर्चा को शिखरमा रहेका बहुचर्चित गायक चोलेन्द्र पौडेलको लय तथा शब्दमा रहेको गीतमा पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याएर धेरै भन्दा धेरै दर्शकको मन जित्न सफल गायक जगत गौडेल र उस्तै प्रतिभाकि धनी चर्चित गायिका कमला गैरेको सुमधुर स्वर रहेको गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका छन ।
चर्चित निर्देशक शिव परियारको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा विभिन्न समयमा फरक तथा मौलिक गीतहरु बजारमा भित्र्याउदै हरेक नेपाली सांगीतिक प्रेमीहरु माझ छुट्टै पहिचान बनाउन सफल गायक , मोडल प्रकाश सपूत र आरुषी मगरको उत्कृष्ट अभिनय रहेकोे छ भने गणेश सापकोटाले छायांकन साथै सन्तोष सारु मगरले सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस :