बाख्रा चराउन गएकी मुक्त कमैया टोलकी १४ वर्षिय प्रमिला चौधरी मृत फेला

Monday, 29 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मिन अधिकारी,,
राजापुर:=बर्दियाको राजापुर नगरपालिका-४ छेडियाको मुक्त कमैया टोलमा बस्ने १४ वर्षिया किशोरी प्रमिला चौधरी मृत अवस्थामा फेला परेकी छिन् । आइतबार बिहान नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी चौधरी आज रुखमा झुन्ड्याईएको अबस्थामा फेला परेकी हुन् ।

आइतबार दिउसो २ बजे बाख्रा चराउन जङ्गल गएको र साझँसम्म पनि घर नफर्केपछी स्थानीयको सहयोगमा गाउमा खोजी गर्दा पनि बालिकालाई नभेटेपछि परिवारले आज बिहान ईलाका प्रहरी कार्यालय राजापुरमा जानकारी गराएको थियो । जानकारी पाए लगत्तै प्रहरी,पत्रकार र स्थानीयबासीको सहकार्यमा बिहानैदेखि खोजी गर्दै जादा नजिकैको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा किशोरि फेला परेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक वद्री प्रसाद ढकालले बर्दिया अनलाइनलाई जानकारी दिए । घटनाको प्रकृति हेर्दा घटना शंकास्पद रहेको र घटनाबारे पनि अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक वद्री प्रसाद ढकाले बताए ।

राजापुरमा डाक्टरको अभावको कारण लासको पोष्ट मार्टमका लागि कैलालीको टिकापुर अस्पतालमा पठाईएको छ । पोष्ट मार्टमको रिपोट आउन एक हप्ता लाग्ने टिकापुर अस्पतालले  जनाएको  छ । मृतक प्रमिला राजापुरको अमर शहिद श्री दशरथ चन्द मा विमा कक्षा ८ मा पढ्ने गरेको मृतककी आमाले वताईन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu