गोपी दाहालको गितमा सरापेले सराप्दा भयो यस्तो ! (पूरा भिडियो लिङ्क खोली हेर्नुस)

Tuesday, 16 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:= गायक एवं गीतकार गोपी दाहाल नेपाली सांगीतिक क्षेत्रमा निकै लामो समय देखि  सक्रिय भएर लागिपरिरहेका एक उत्कृष्ट गीतकार हुन। प्रवासी भुमि देखि आफ्नो श्रृजना हरु नेपाली संगीत प्रेमीहरू माझ पस्की रहेका यी व्यक्ति गीतकार तथा गायकको रुपले चिर परिचित छन् । विगत लामो समयदेखि अमेरिका बसाई तर नेपाली सांगीतिक क्षेत्रलाई भने अँगाल्न छोडेका छैनन् । बेला बखतमा निकै राम्रो र उत्कृष्ट गीत दर्शक श्रोताको लागि सार्वजनिक गरिरहने गीतकार गोपीले “हिस्सी परेकी” बोलको  गीत सार्वजनिक रहेको छ ।

गीतकार तथा गायक गोपी दाहालको उत्कृष्ट शब्द, एन.के ब्रदर्सको संगीत र संजिव सुब्बाको अरेन्ज रहेको छ । गीत निकै उत्कृष्ट बनेको छ।
हिस्सी परेकी बोलको गीतमा गीतकार तथा गायक गोपी दाहाल र किसु गुरुङको सुमधुर आवजमा  रहेको छ ।

आज मात्र सार्वजनिक भएको गीत गीतकार तथा गायक गोपी दाहालको दशै तिहार कोशेली स्वरूप सार्वजनिक गरिएको गीतको भिडियो अन्य म्युजिक भिडियो भन्दा केहि फरक तरिकाले निर्माण  गरेका छन् । बिदुर पाण्डे (नबिन) को छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ भने निर्देशन मुनालशिशिर कोइरालाले गरेका छन् |
काठमाडौँ भित्र नै छायांकन गरिएको भिडियोमा सुशान्त कार्की, मरिश्का पोखरेल, यादब देवकोटा (सरापे) लगायतका कलाकारहरुको अभिनय रहेको छ । गाउँ घरमा दशैंको रमझमको शैलीमा नै यस भिडियोको कन्सेप्ट रहेको छ ।


गायक तथा गीतकार गोपी दाहालले जानकारी दिनुभयो  आफुले सक्दो मेहेनत गरेर राम्रो प्रस्तुति दर्शक श्रोता माझ पेश गर्न कोशिश गरेको बताउछन भएको छ ।दशैको शुभकामना सहित" हिस्सी परेकी गीत आज दर्शक श्रोता माझ सार्वजनिक गरेका हुन्।दर्शक श्रोताले पनि आफ्नो प्रस्तुति हेरेर सुनेर सहि ढंगले मुल्यांकन गरिदिनुहुने आशा आफुले लिएको उनको भनाई रहेको छ ।

आज सार्वजनिक भएको गीतकार गोपी दाहालको प्रस्तुतिले कस्तो नतिजा देलान्  त्यो हेर्न भने बाँकी नै छ । विदेशमा बसेर पनि नेपाली गीत संगीतलाई यो गतिमा माथि लैजानु साच्चै नै ठुलो कुरा हो भने गोपी दाहाल अवश्य पनि तारिफ योग्य पात्र बनेका छन् । दर्शक श्रोताले उनलाई धेरै नै साथ दिइरहेका छन् ।दर्शक श्रोताको साथले आफु अझै अगाडी सम्म जान सक्ने र सक्दो राम्रो प्रस्तुति लिएर दर्शक श्रोता सामु आउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।
 हेर्नुहोस् भिडियो :;-

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu