दिनेश दहित,,
टीकापर:= दसै तथा दिपावलीको अवसरमा गिती एल्बम ‘सोहगात’ एक कार्यक्रम बीच विमोचन भएको छ । हमार म्युजिक बगिया प्रालिको ब्यानरमा निर्माण भएको एल्वमको विमोचन जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले गरेका छन ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष चौधरी थारु युवाहरुमा गीतसंगीत तिर अग्रसर भएकोमा खुसी भएको बताए , अध्यक्ष चौधरी गीत संगीत मार्फत नै थारु समुदायको भाषा संस्कृति समेत संरक्षण सम्वद्र्धन हुने समेत विश्वास व्यक्त गरेका थिए । उहाँले अगाडि बोल्दै आफ्नो जानकी गाउपालिकामा संस्कृति सम्बन्धी बढी ध्यान दिने र टिकापुर क्षेत्रमा थारु नाँच घरको लागी पहल गर्ने बताए ।
त्यस्तै कार्यक्रममा टीकापुर वडा नं. ६ का वडा अध्यक्ष बलिराम चौधरी, शब्द लेखक शुकलाल चौधरी, पौराणिक खेलकुद संघका अध्यक्ष बसन्त केसी लगायतकाले शुभकामना दिएका थिए ।
हमार म्युजिक बगिया प्रालिका अध्यक्ष बीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य प्रवन्धक महेश चौधरीले राखेका थिए । सेन्टिमेन्टल, डिजे, पप, नेपाली सहित ६ गीत वटा गीतहरु रहेको एल्वममा गायक रामकुमार कठरिया, सोनु कुश्मी, विजय चौधरी, रोशन चौधरी, सुनिता चौधरी ओ श्रेया चौधरीको स्वर रहेको छ । शब्दसंगीत रामकुमार कठरियाको रहेको छ ।
कार्यक्रममा थारु कलाकार, पत्रकार तथा समाजसेवी, वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
भने अब यो एल्बमको गीत हमार म्यूजिक बगियाको यूटुबबाट हेर्न सकिने छ ।