महिला अधिकारकर्मीको प्रश्न– निर्मला पन्तको हत्यारा पत्ता लाग्न अझै कति दिन लाग्छ सिएम ज्यू ?(भिडियो पनि हेर्नुस्)

Wednesday, 3 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
धनगढी:=बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै केही दिन पहिले काठमाडौंमा पेटीकोट जुलुसबाट चर्चित बनेकी सावित्री सुबेदीले दोषीलाई चाँडो पत्ता लगाउन सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री संग आग्रह गरेकी छिन् ।
कञ्चनपुरको दबाबमूलक समुहले धनगढी आज आहृवान गरेको विरोध जुलुशमा सहभागी भएकी उनले मुख्यमन्त्री संग सो आग्रह गरेकी हुन् । यसैबीच महिला अधिकारकर्मीहरुले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अधिकारकर्मी सुवेदीले हत्यारा पत्ता लाग्न अझै कति दिन लाग्छ सिएम ज्यू ? भन्दै प्रश्न समेत गरेकी थिइन् ।


निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न दबाब दिदै उनले भनिन्–‘एउटा सानो सलाईको काँटीले तावा जलाउछ तर जब हामी नारीले आफ्नो शक्ति देखाउनु प¥यो भने सिंगो देश जल्न सक्छ ।’ तसर्थ समयमै निर्मलाले न्याय पाउनु पर्ने उनको भनाई थियो ।
ज्ञपानपत्र बुझ्दै मूख्यमन्त्री भट्टले प्रदेश सरकारले अपराधी पत्ता लगाउन पुरै शक्ति लगाउँदा समेत सफल परिणाम आउँन नसकेको स्वीकार गरे । जसको निश्पक्ष छानविनको लागि पहल जारी रहेको बताए । अपराधी जतिसुकै ठूलो भएपनि बच्नु हुँदैन भन्ने तर्क दिदै मुख्यमन्त्री भट्टले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकार घटनामा संलग्न दोषी पत्ता लगाउनमा कुनै कुरामा कमी नराख्ने बताए ।
साथै महिला हिंसालाई न्यूनीकरण गर्न कानूनी प्रक्रिया संगै सामाजिक अभियानको समेत खाँचो रहेको उनको भनाई थियो । प्रदेश सरकारले जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा जनचेतना अभियान सञ्चालन गर्न गृहकार्य गरिरहेको समेत बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu