ईलाका प्रशासन कार्यालय कोल्हबीका नव प्रमुख महेशलाल मण्डललाई एक कार्यक्रम बिच भब्य स्वागत

Wednesday, 3 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,
नविन चौधरी,,
कोल्हवी ::=बाराको कोल्हबी नगरपालिकामा स्थित इलाका प्रशासन कार्यालयका नव आगन्तुक प्रमुख महेशलाल मण्डलको एक कार्यक्रमका विच स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

इलाका प्रशासन कार्यालय परिसरमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रशासन कार्यलयका प्रमुख मण्डलले नियम कानुनको अधिनमा रहेर जनताको काम छिटो सम्पन्न गर्न आँफू प्रतिवद्ध रहेको बताएका थिए । 

कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले नगर भित्रका सेवाग्राही जनतालाई कुनै पनी सेवाबाट बञ्चित नगराइने तथा आवश्यक सेवाका लागि सदैव तयार रहेको बताएका थिए । कार्यक्रममा नगरका ११ वटै वडाका अध्यक्षहरुले इलाका प्रशासन कार्यालयको कामकाजमा आँफूहरुको सकारातमक साथ र सहयोग रहने बताएका थिए ।

कार्यक्रममा नगर उप प्रमुख सुनैना देवी चौधरी, कोल्हबी नगरपालिकाका स्वास्थ्य संयोजक साबिर ठकुराई, उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश कुमार साह, इलाका प्रहरी कार्यालय प्रमुख पुष्कर बोगटी , कोल्हबी शसस्त्र प्रहरी प्रमुख भरत गौतम , तपेश्वर राय थारु , गोविन्द पौडेल, रबिन्द्र पनुहर , केवल चौधरी , जगदेव चौधरी, सुकदेव साह रौनियार, प्रमोद साह, शम्भु साह, हरीओम रौनियार लगायतको उपस्थिती रहेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu