नारायणी अनलाईनको प्रधान सम्पादक , पत्रकार राजु चौधरी पुरस्कृत

Friday, 12 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
चितवन:=नेपाल प्रेस युनियन चितवनद्धारा चार जना पत्रकार पुरस्कृत भएका छन् । आज भएको आठौं अधिवेशन तथा भवन समुद्घाटन कार्यक्रममा चिजकमारी–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र क्रियाशिल पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

५१ हजार रुपैयाँ राशी भएको चिजकमारी–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठका पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डितलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथि महामन्त्री डा.शशांक कोइरालाले पुरस्कार प्रदान गरे ।

यस्तै ११ हजार एक सय ११ रुपैयाँ राशीको र क्रियाशिल पत्रकारिता पुरस्कार चितवनका पत्रकार राजु चौधरीलाई प्रदान गरिएको छ । पत्रकार चौधरी इमेज च्यानलका चितवन संवाददाता र नारायणी अनलाईन डटकमका प्रधान सम्पादक हुन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu