नेपाल लोकतान्त्रिक पार्टीको दोश्रो बैठक सम्पन्न

Saturday, 6 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौँ:=नेपाल लोकतान्त्रिक पार्टी केन्द्रिय कार्यसमितिको दोस्रो बैठक केन्द्रिय कार्यलय महाराजगन्ज काठमाडौमा विभिन्न एजेन्डाहरुमाथी छलफल गर्दै सम्पन्न भएको छ।

पार्टीका अध्यक्ष भानुराम थारुको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विभिन्न प्रतिबेदन माथि छलफल भएको हो । बैठकमा राजनीतिक प्रतिबेदन  अध्यक्ष भानुराम डगौरा थारु, प्रगति प्रतिबेदन महासचिव देब बहादुर दुरा, केन्द्रिय उपध्याक्षहरु तथा प्रदेश संयोजकबाट प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यसैक्रममा पार्टिका प्रदेश १  संयोजक भुमी आचार्यका संयोजक धीरेन्द्र झा ३ का संयोजक ज्ञान बहादुर लामा ४ का मनोज आचार्य ५ का संयोजक मो.ईसाहक मुसलमान, वार्ता समितिको प्रतिबेदन :-उपमहासचिव तथा वार्तसमिती संयोजक हित बहादुर तामाङ, सांगठनिक प्रतिबेदन  सह अध्यक्ष तथा सांगठनिक बिभाग संयोजक  शुरेश गुप्त, प्रशिक्षण बिभागको प्रतिबेदन  सह अध्यक्ष तथा प्रशिक्षण बिभाग संयोजक मा. गीता क्षेत्री, भावी कार्ययोजना प्रस्ताव  महासचिव देब बहादुर दुराले प्रस्तुत गर्नुभएको थियो ।

साथै बरिस्ठ नेता शिवलाल थापा मगरबाट देशमा घटेका पछिल्लो घटना क्रम र सरकारको कामकारबाही र पार्टिहरुको भुमिकाको बारेमा समीक्षा तथा रणनितिको बारेमा बैठकमा चर्चा गर्नुभएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu