वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जना चौधरीको मृत्यु/कैयौं गम्भीर घाइते

Monday, 12 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुखिलाल चौधरी,,
उदयपुर:= उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३३ मध्ये आठ जनाको अवस्था गम्भीर छ भने २५ सामान्य छन् ।

मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको हो ।

गम्भिर घाइते हुनेमा सोही ठाउँका ११ वर्षिय विपासा कुमारी चौधरी, ११ वर्षिय प्रज्वल चौधरी, १२ वर्षिय बालिका बेबिका चौधरी, ६ वर्षिय देबिका चौधरी, १० वर्षिया एलिसा चौधरी, २१ वर्षिय मन्दिरा चौधरी, २२ वर्षिय कबिता चौधरी र १५ वर्षिय प्रतिक्षा चौधरी रहेका छन् । गम्भिर घाइते मध्ये विपासा, प्रज्वल र वेविकालाई नोवेल हस्पिटल विराटनगर रेफर गरिएको छ ।
दुर्घटनामा परी सोही ठाउका ३६ बर्षीय अशोक चौधरी, २१ बर्षीय अजित चौधरी, १० बर्षीया बालिका एससा चौधरी, १० बर्षीया विष्णु चौधरी, १३ बर्षीया दिक्षा चौधरी, १० बर्षीया चादनी चौधरी, ११ बर्षीया स्मारिका चौधरी, २२ बर्षीया अजित चौधरी, १५ वर्षिय प्रतिमा चौधरी, १३ वर्षिया सविता बस्नेत, २२ वर्षिया वविता चौधरी, २१ वर्षिय मन्दिरा चौधरी, १० वर्षिय प्रिती चौधरी, लगायत रहेका छन् । सडकबाट २५ मिटर तल खसेको ट्याक्टरमा ३६ जना सवार थिए ।

उदयपुर र सुनसरी जिल्लाको सीमाना चतराघाटको कोसी पुलमा वनभोज खाएर घर बेलका नपा २ को तपेश्वरी भागलपुर फर्कने क्रममा उकालो घुम्तीमा मोडनेक्रममा ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले जानकारी दिए । अगाडिको अर्को ट्याक्टरलाई उछिन्ने क्रममा ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

घटना लगत्तै पुगेको प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा तीनजनाको बाटोमा मृत्यु भएको हो । अस्पताल पुुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बेलका नगरपालिका प्रेस संयोजक भरत घिमिरेले जानकारी दिए ।
उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको अवस्था बुझ्न बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu