विजयनगर गाउँपालिकामा देउसी भैलाे सम्मान कार्यक्रम सम्पन्न।

Thursday, 22 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी
कपिलवस्तु:= पिलवस्तुको विजयनगर-२, लाेहराैलामा गए राति देउसी भैलाे सम्मान तथा समापन कार्यक्रम सम्पन्न भएकाे छ । श्री सूर्याेदविजयनगर गाउँपालिकामा देउसी भैलाे सम्मान कार्यक्रम  सामाजिक सेवा संघकाे अायाेजनामा कलाकार युवायुवतीलाई प्राेत्सहनका लागि साे कार्यक्रम अायाेजना गरिएकाे अायाेजकले बताएकाे छ । 
    
     देउसी भैलाे सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै विजयनगर गाउँपालिका उप-प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रहनुभएका लक्ष्मी कुमारी थारु चाैधरीले श्री सूर्याेदय सामाजिक सेवा संघले गरेकाे कार्य प्रशंसा गर्दै युवायुवतीहरूलाई कलाकारिता क्षेत्रमा लागेका कलाकारहरूलाई अाउने दिनहरूमा मात्रै गाउँमा सिमित नरहेर राष्ट्रियस्तरमा समेत अाफू लगायत सूर्याेदय सामाजिक सेवा संघलाई लायक बनाउन अाग्रह गर्नुभयो ।
     
           

     यसैबीच उप-प्रमुख थारुले कलाकारिता क्षेत्रीलाई अंगालदै गरेकाे नयाँ पुस्तालाई कलाकार मात्रै नभएर खेलकुद लगायत शिक्षामा समेत बिशेष जाेड् दिनुपर्छ भन्नुभयो । खासगरी थारु समुदायमा शिक्षाकाे कमी भएका धेरै उदाहरण नभएका हाेइनन् । श्री सूर्याेदय सामाजिक सेवा संघका युवाहरूलाई मध्यनजर गर्दै खेलकुदका लागि ग्राउन्ड बनाउने र अाफू लगायत अाफ्नाे गाउँपालिकाबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता गर्नुभएकाे छ । 
     
     उक्त कार्यक्रम श्री सूर्याेदय सामाजिक सेवा संघका अध्यक्ष कृष्णबहादुर थारुकाे अध्यक्षता, विजयनगर गाउँपालिका उप-प्रमुख लक्ष्मी कुमारी थारु चाैधरीकाे प्रमुख अातिथ्यता, विजयनगर गाउँपालिका कै वार्ड न.२ का वडा अध्यक्ष नेपाल थारुकाे विशिष्ट अातिथ्यता,सत्रुधन थारु, मिठु थारु लगायतको अातिथ्यता र मिर्जा थारुकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे पिन्टु राम थारुले जानकारी गराए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu