कपिलबस्तुमा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी- कृषि मन्त्री खनाल

Friday, 23 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):=कपिलबस्तुमा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बताउनु भएको छ । व्यापार संघको आयोजनामा सुरु भएको पाँचौ चन्द्रौटा महाेत्सव उद्धघाट्न कार्यक्रमलाई सम्बाेधन गर्नुहँदै मन्त्री खनालले कपिलबस्तु जिल्लाको बिकासमा कृषिको ठुलो भुमिका रहेकाे बताउनुभयो ।
    
     कपिलबस्तु जिल्ला औद्योगिक क्षेत्रको रुपमा तिब्र विकास भइरहेको भए पनि कपिलबस्तुको बिकासमा मुख्य भुमिका कृषिको रहेकाे उहाँले बताउनु भयो । औद्योगिक क्षेत्रहरु भारतमा निर्भर रहेकोले पनि कृषिमा आत्मािनिर्भर हुन अावश्यक रहेको बताउँदै सरकारले ९ महिनामा साेँचे अनुसार काम गर्न नसके पनि अब तिब्र गतिमा सरकारले बिकासका काम गर्ने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गर्नुभयो ।

चन्द्राैटा महोत्सवको पहिलो दिन ६० वटा विभिन्न संघ सस्थाहरुको ऐतिहासिक साँस्कृतिक झाँकीसहित उपस्थित भएका थिए । पहिलो दिन करिव १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने २० लाख भन्दा बढीको कारोबार भएको आयोजकले कमिटीले जनाएको छ । महोत्सवमा कृषि स्टल, माैटकँवा, राेटे पिङ,  पर्यटकीय क्षेत्रको प्रचार प्रसारका बिभिन्न फोटो प्रर्दशनी, थारु नृत्य प्रतिस्पर्धाकाे लगायतको प्रस्तुति समेत रहनेछ ।

     त्यसैगरी भाेली दोस्रो दिन साँस्कृतिक कार्यक्रम तर्फ लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, चित्र अबिरल श्रीपाली लगायत विभिन्न कलाकारहरुकाे उपस्थित रहने बताएको छ । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यता र व्यापार संघ कपिलबस्तुका संयोजक महादेव पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे अायाेजकले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu