थारुमा लाग्ने रोग सिकलसेल एनिमिया पाठ्यक्रममा समावेश

Thursday, 29 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बुनु थारु।

रगतका दुई रोग सिकलसेल र थालेसेमियाको विषयमा जानकारी अब स्थानिय पाठ्यक्रममा समावेश गरिएको छ। बारबर्दिया नगरपालिकाले कक्षा ९ को सामाजिक शिक्षा विषयमा यी विषय समावेश गरेको हो।

नगरपालिकाले यी दुई रोगका बारेमा जानकारी दिन छुट्टै जानकारीमुलक पुस्तक नै प्रकाशनमा ल्याएको छ। स्वास्थ्य मन्त्रालयको समन्वयमा बारबर्दिया नगरपालिका र सिकलसेल ऐनिमिया सोसाइटी (स्कास नेपाल)ले बाँकेले प्रकाशन गरेका हुन्।पुस्तिका भेरी अञ्चल अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले लेखेका हुन्।

बारबर्दिया नगरपालिका नगर प्रमुख दुर्गा बहादुर थारु  नगरपालिकाका सबै माध्यामिक विद्यालयहरुमा कक्षा ९ मा स्थानीय पाठ्यसामाग्रीको रुपमा समावेश गरी पठनपाठन गराइने बताए।उनले नयाँ पुस्तामा यस रोगका बारेमा पूर्ण ज्ञान प्रदान गर्ने बताउँदै नयाँ पुस्तालाई धेरैभन्दा धेरै जानकारी दिन नगरपालिकाले यो कदम चालेको बताए।
पुस्तिकामा सिकलसेल एनिमिया तथा थालसेमियाको पहिचान, लक्षण ,समाधान आदि उल्लेख गरिएको छ।

करिब ७५ हजार जनसंख्या रहेको उक्त नगरपालिकामा ७० प्रतिशत थारु छन्। बर्दियामा प्रत्येक वर्ष २ हजार ५ सय सिकलसेलका बिरामी प्रमाणित हुने गरेको तथ्यांक छ।सिकलसेललाई थारु समुदायले रगत खाने रोग भनेरसमेत चिन्छन्। चिकित्सकका अनुसार यो रोग मानिसको जीनमा हुने भएकाले जन्मसँगै आउने हुन्छ। यसले राता रक्तकोषमा असर गर्छ।

शरीरमा रहेका राता रक्तकोषमा हेमोग्लोविन हुन्छ। हेमोग्लोविनले कोषिकाहरुमा अक्सिजन तथा आवश्यक पोषकतत्व पुर्‍याउने काम गर्छ। तर, सिकलसेल भएपछि उक्त प्रक्रियामा असर गर्छ र शरीरमा विभिन्न समस्या उत्पन्न हुनेगर्छ।
फिजिसियन डा.श्यामकुमार विकेका अनुसार स्वस्थ शरीरमा राता रक्तकोषको आकार गोलो सेलरोटीजस्तै हुन्छ र ती कोषहरु नरम र लचकदार हुन्छन्। तर, सिकलसेल भएका व्यक्तिको शरीरमा राता रक्तकोष निकै कडा भएर बस्ने र आकारसमेत फरक हुन्छ।

नगरपालिकामा स्वास्थ्य अनुसन्धान परिषद्ले सिकलसेल एनिमियाको अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका क्रममा १ देखि २९ वर्ष उमेरका सबै थारुको निःशुल्क रगत जाँच हुने छ।
नयाँ पुस्तामा सिकलसेल एनिमियाको संक्रमण रोक्न सरकारले थारु बस्तीमा यस्तो अभियान सुरु गरेको हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu