सपही कलेज निर्माणका लागि महायज्ञको आयोजना

Friday, 30 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,
नवीन चौधरी ,,
कोल्हबी := सफल जिवनका लागि गुणस्तर शिक्षा भन्ने मुल नाराका साथ कोल्हबी नगरपालिका वडा नम्बर चार सपही कलेजमा थप एवं स्तरोन्नतीका लागि श्री मद भागवत सप्ताह महायज्ञ तथा धन धन्याचल धार्मिक महात्सवको एक कार्यक्रम गरी प्रमुख अतिथि र ब्यबस्थापक बाचक प्रविण पण्डित दिनबन्धु पोखरेलद्वारा उद्धघाटन सम्पन्न भएको छ ।
                  
              शिक्षा नै बिकासको मुल आधार हो, दान नै धर्म हो र पुण्य नै जिवन हो लक्ष्य लिएर गरिएका उक्त कार्यक्रममा जागरणको मार्गमा कुनै पनि ब्याक्तिलाई परिलक्षित गर्न सकियो भने उदेश्य सम्भव रहेको कुरा जानकारी गराउदै आफ््नो राजनैतिक पार्टि, धर्म, जात बिर्सेर दान गरी, पुण्य कमाई सपही कलेजको निर्माण अघि बढाउनका लागि उपस्थित सबैलाई आग्रह गर्नु भएको छ । सात दिन सम्म लगातार हुने उक्त महायज्ञमा धन ठुलो कि मन ठुलो गितको सम्बोधन गर्दै मन ठुलो हो र आफु तन, मन र धनका साथ सहयोग गर्ने बाचाका साथ प्रधान मन्त्रिका जन सम्पर्क सल्लाहकार अच्युत मैनालीले मन्तब्यका क्रममा बोल्नु भएको थियो ।
   
            ठुला आशा र बिश्वास राखेर गरिएको सो कार्यक्रममा सपही कलेज कार्य सतितिका संयोजक रामप्रसाद चौधरीको सभापतित्व रहेको थियो भने बारा जिल्ला क्षेत्र नम्बर (१) का प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी, पुरुषोत्तम पौडेल, श्वभाकर पराजुली लगायतका ब्यातित्वहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कलश यात्रा देखी शुरु गरेको उक्त कार्यक्रममा यस नगर पालिकाका प्रमुख भरत बहादुर भण्डारी, उप प्रमुख सुनैना देवी थरुनी, ११ वटै वडा अध्यक्षका साथ साथै नगर भित्रका सम्पुर्ण संघ संस्था, निजि तथा सरकारी बिद्यालयहरुको बिद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीहरुको मात्र उपस्थित नभएर हजारौ हजार जनताहरुको सहभागिता रहेको थियो । 

                यस कार्यक्रममा स्वागत मन्तब्य कलेजका अध्यक्ष भेष बहादुर ढकालले गरेका थिए भने संचालन कलेजकै महासचिव गोविन्द पौडेलले गर्नु भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu