सुनिल चौधरी,,
झुम्का:=शैक्षिक ज्ञान संगै बिध्यार्थिलाई खेलकुदमा अब्बल तुल्याउन एलइएस स्कलुले बार्षिक खेलकुद कार्यक्रम समुद्धघाटन गरेको छ । रामधुनी वडा नं. ५ झुम्का स्थित रहेको सो बिध्यालयको बार्षिक खेलकुद कार्यक्रम उद्धघाटनका साथै बिभिन्न बिधाका खेलहरु आयोजना गर्ने छन् ।
रामधुनीका खेलप्रेमी तथा क्याप्टेन मिठुराज अधिकारीले उद्धघाटन गरेका हुन् । बृत्ति बिकासमा बिध्यार्थिलाई सहयोग हुने र यसबाट स्वथ्यमा लाभका साथै पहिचान बनाउने अवसर समेत रहेकोले खेल क्षेत्र निकै महत्वपुर्ण क्षेत्र भएको अधिकारीले बताए । कार्यक्रममा बिध्यार्थिहरुले मार्चपास सहित अतिथीहरुलाई स्वगत गरेका थिए ।
अगामी दिनमा उत्कृष्ट खेलाडी उत्पादन हुने लक्ष्यरहेको स्कुलका डाईरेक्टर रमेश कार्किले बताए । खेलक्षेत्रबाट बिध्यार्थिलाई आफनो पहिचान,आर्थिक,स्वस्थ्यलाभ समेत हुने भएकोले बिध्यार्थिहरुले अध्यन्नका साथ साथै खेलकुदमा ध्यान दिनु जरुरीरहेको कार्किले बताए ।
खेलको महत्वका साथै फाईदाहरुको बारेमा प्रिन्सिपल बाबुराम खड्काले बताएका छन् । बिध्यार्थिलाई चौतर्फि बिकासकालागी खेलकुद आवश्यक रहेको औल्याए । खेलमा अब्बल हुन सके आफ्नो पहिचानका साथै राष्ट्रियलाईनै चिनाउन सकिने खड्काले बताए । खेलकुदबाटै नाम दाम र सान कमाउन सकेका चर्चित ब्यक्तित्वहरुको बारेमा बताउदै खेलको महत्वको बारेमा खड्काले जोड दिएका थिए । खड्का प्यबसन रामधुनीका अध्यक्ष समेत हुन् ।