साहित्यकार मुना चौधरी सम्मानित

Sunday, 16 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सिरहा:="थारू भाषा जीवनके आसा"नारा बोकेको "थारू भाषा विचार गोष्ठी" कार्यक्रममा थारू कल्याणकारिणी सभा र थारुभाषा साहित्य केन्द्रले साहित्यकार मुना चौधरीलाई सम्मान गरेको छ। मुना चौधरीले उपन्यास जयवरद्धन सल्हेशमा सम्पूर्ण सम्वादहरु थारू भाषामा लेखेकी छिन्। थारू भाषा साहित्यमा योगदान गरे बापत् चौधरी सम्मानित भएकी हुन्।

थारू भाषाको सुदृढिकरण र सप्तरी, उदयपुर तथा सिरहा जिल्लाका थारू बाहुल नगरपालिकाहरुमा सरकारी कामकाजको भाषाको रूपमा थारू भाषालाई लागु गर्नुपर्ने मद्दामा बिभिन्न अग्रज बक्ताहरुले जोड दिए। सो कार्यक्रममा थारू अगुवा नेताहरुले नगरभित्रका विद्यालयहरूमा पनि थारू भाषाको पाठ्यक्रम लागु हुनुपर्न माग गरेका छन्।

सिराहा, सप्तरी र उदयपुर तीनओटा जिल्लाको थारू अगुवाहरूको भेलामा तिन वटै जिल्लाका मेयर उपमेयर र अन्य बिशिष्ट अतिथीहरुको उपस्थिति थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu