गच्छदारको आक्रमक भाषणपछि देउवा–पौडेलबीच ‘एकता’

Sunday, 16 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := नेपाली कांग्रेसको महासमिति बैठकमा विजयकुमार गच्छदार बोलिरहेका थिए। उनले कांग्रेसको इतिहास, आफूले कांग्रेस छाडेर जानु र फर्किनुको कारण, पार्टीको चुनावी हार र एकताको विषयमा बोल्दै थिए। गच्छदारले विगतमा पनि नेताहरुको एकताले जित सम्भव हुने गरेको बताए।

जोसिएर भाषण गरिरहेका गच्छदारले नेताहरुले अब आफूहरु झगडा गर्दैनौं भनेर संकल्प गर्नुपर्ने बताए। ‘आज सभापति र वरिष्ठ नेताहरुले हात उठाएर मिलाएर एकताको सन्देश दिनुपर्छ’, गच्छदारले हातले संकेत गर्दै भने, ‘आजै यो सन्देश दिनुपर्छ। अहिल्यै दिनुपर्छ।’

गच्छदारको आग्रहलाई उपस्थित कार्यकर्ताले ठूलो आवाज हुटिङ गरेर समर्थन गरेका गर्न थाले। कार्यकर्ताको साथ पाएपछि गच्छदार झनै जोसिए। उनले अहिल्यै दिनुपर्छ भन्दै शीर्ष नेतातर्फ फर्केर आग्रह गरे।

त्यसपछि मञ्चमा बसेका देउवा उठेर कार्यकर्तातिर हात हल्लाए। उनी बसेपछि रामचन्द्र पौडेल पनि उसैगरी उठे र हात हल्लाए। माहौल रोमाञ्चक बन्दै गएको थियो। हुटिङ पनि बढ्दै गएको थियो। देउवाकै छेउमा रहेका विमलेन्द्र निधिले देउवालाई उठाए र शशांक कोइरालाले पौडेललाई उठाए। त्यतिञ्जेल अन्य नेताहरु पनि उठे। हुटिङका बीच देउवा र पौडेलले हात जोडेर उठाउँदै ‘एकता’को सन्देश दिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu