दाङमा प्रदेश स्तरीय माघी महोत्सव हुने ।

Thursday, 20 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तोष दहित,,
दाङ:= थारु समुदायको महान पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ। थारु कल्याणकारिणी सभा दाङको अगुवाईमा बिहीबार घोराहीमा बसेको सर्वपक्षीय भेलाबाट यस्तो निर्णय गरेको हो। यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको माघी महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि थारु कल्याणकारिणी सभा दाङको सभापति भुवन चौधरीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रबर्द्धन कर्ना उद्देश्यले आयोजना गर्न लागिपरेको माघी महोत्सवमा मघौटा नाचलाई विशेष प्रस्तुत गरिने मूल आयोजक समितिका समितिको संयोजक भुवन चौधरीले जानकारी दिए। उनका अनुसार महोत्सवमा थारु परिकार घोङी, ढिक्री, अन्डी चामलको भात, माछा, सुंगुरको मासु लगायत बिक्री बितरणको लागि स्टल राखिनेछ।

त्यसैगरी महोत्सवमा थारु समुदायको परम्परागत हस्तकला, थारु भाषाको विभिन्न पुस्तक प्रदर्शनी राखिने चौधरीले चौधरीले बताए। भेलामा थारु कल्याणकारिणी सभा दाङको पूर्व अध्यक्ष तेजमान चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश ५ को सचिव सन्तोष दहित, सामाजिक अभियान्ता विकास चौधरी, लौव अग्रासन साप्ताहिकको प्रधान सम्पादक केबि चौधरी, पत्रकार लक्ष्मिमान चौधरी, थारु अगुवा बुद्धिराम चौधरी, हिमलाल चौधरी, बेझलाल चौधरी, लक्ष्मण चौधरी अनिल चौधरीलगायतले बोलेका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu