टीकापुरमा थरुहटको भेला/स्वार्थी आफ्नै थारु नेताहरुलाई कारवाही गर्ने चेतावनी

Monday, 10 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी ,,
टीकापुर:= थरुहट/थारुवान पक्षधर नेताहरुले मंगलवारदेखि पुनः थरुहट आन्दोलन सुरु भएको उद्घोष गरेका छन् ।
थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले पुनः थरुहट आन्दोलन सुरु भएको बताएका छन् । आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेका नेताहरुले सुरुवाती चरणमा आफ्नै पक्षधरका भगौडा नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

थाकसका केन्द्रीय पार्षद एंव नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले थरुहटले उठाएको माग मुद्धाको सुनिश्चिता तथा टीकापुर घटनाका आरोपीहरुको रिहाईको लागि सशक्त आन्दोलनको विकल्प नरहेको बताए ।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक समेत रहेका चौधरीले भने, ‘राजबन्दीहरुको रिहाईको लागि आन्दोलनको विकल्प छँदै छैन । जसले टीकापुर घटनालाई भर्‍याङ बनाएर, सांसद बने, सत्तामा पुगे, मन्त्री बने । तर हाल वेवास्ता गरेकाहरुलाई सुरुमै कारवाही गर्दै आन्दोलन अगाडी बढाउँछौ ।’ विगतमा भएको थहरुट आन्दोलनको मोर्चा सम्हालेर चर्का नाराबाजी गरेको र तर हाल निक्रिय बसेका नेताहरु पुनः आन्दोलनमा सक्रिय नभए 'कारबाही' गर्ने उनको चेतावनी थियो ।

थाकसका अर्का केन्द्रीय पार्षद एंव पूर्व जिल्ला सभापति प्रभात कुमार चौधरीले अधिकार प्राप्तीको लागि भएको थरुहट आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको दावी गरे । आन्दोलनको क्रममा घटेको टीकापुर घटनाका २७ जना थारुहरुलाई विभिन्न झुठा मुद्धा लगाएर राज्यले थुनेर अन्याय गरेको उनले दोहोर्‍याए । वास्तवमै राज्यले थारु समुदायलाई नागरिकको दर्जा दिएको भए सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरिशचन्द लालको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पूर्वसभापति चौधरीको धारणा थियो ।

त्यस्तै, थाकसका अर्का केन्द्रीय पार्षद पुरन चौधरीले कैदीबन्दीको रिहाई र थरुहट माग मुद्धाको लागि सबै स्थानीय तहमा जनजागरण अभियान लिएर गइरहेको बताउँदै आन्दोलन तार्किक निस्कर्षमा पुर्‍याउन पुनः सडक संघर्ष गर्नुपर्ने उल्लेख गरे ।
थाकस कैलालीका सभापति माधव चौधरीले आन्दोलनलाई निश्कर्षमा पुर्‍याएरै विश्राम लिने दावी गरे । जसको लागि सबै पक्षसंग समन्वय गर्दै सवै स्थानीय तहहरुमा जनजागरण अभियान सुरु गरेको उनले जानकारी दिए । 

यसैबीच टीकापुर घटनाको आरोपमा जेल चलान गरिएकाहरुको परिवारजनले राज्य र आफ्नै नेताहरुप्रति आक्रोश व्यक्त गरे । घरको अभिभावक नै जेलमा परेपछि आफुहरुको विचल्ली भएको दुखेसो पोख्दै उनीहरुले रिहाईको लागि कुनै कसर बाँकी नराख्न नेतृत्वकर्ताहरुलाई दवाव दिए । साथै उनीहरुले वर्तमान सरकार थारु विरोधी रहेको भन्दै आक्रोश समेत पोखे । 

थारु बाहुल क्षेत्रलाई अलग्गै प्रदेश बनाइनुपर्ने भन्दै थरुहट आन्दोलन २०७२ सम्ममा उत्कर्षमा पुगेको थियो । त्यसताका अर्को विरोधी अखण्ड सुदूरपश्चिम आन्दोलन पनि उत्कर्षमा पुगेको थियो । २०७२ भदौ ७ गते १ नाबालकसहित ८ प्रहरीको टीकापुर घटनामा ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते संयौ थारु समुदायको घर, पसल, एफएममा आगजनि भएको थियो । सोही घटनाको आरोपमा सांसद रेशम चौधरीसहित २७ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको हो । तर हालसम्म सो मुद्धाको फैसाला हुन सकेको छैन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu