प्रदेश २ बाट श्रम स्वीकृति दिन थालियो, सुरुमा सेवा लिने दुईजना सम्मानित

Sunday, 30 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मनिका झा/अन्नपूर्ण,,
जनकपुर := प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आइतबारदेखि सेवा प्रदान गर्न सुरु भएको हो ।

आइतबार पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका मो जिलानी मोमिनलाई सम्मान पनि गरिएको हो ।

सेवा प्रभावकारी बनाउने र केन्द्रमा चाप कम गर्ने भन्दै यही पुस महिनाभित्रै प्रदेश २ र ५ बाट श्रम स्वीकृति दिने गरी कार्यालय सञ्चालन गरिएको हो । जसमध्ये प्रदेश २ बाट आजैदेखि श्रम स्वीकृति दिन थलिएको निमित्त कार्यालय प्रमुख मनोज यादवले बताए ।

श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै सबै प्रदेशबाछ श्रम स्वीकृति दिन सकिने भन्दै त्यस अनुरुप तयारी गरेको बताएको थियो । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार वैदेशिक रोजगारका लागि विदेश जानेको संख्या सबैभन्दा धेरै प्रदेश २ र जिल्लामा धनुषा हो । यसैले पनि श्रम स्वीकृतिको लागि जनकपुरमा सञ्चालन गरिएको श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीको चाप बढ्ने अपेक्षा गरिएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu