सिक्किममा तेस्रो चासोक तङ्नाम कल्चलर कार्यक्रम १४ तारिख देखी आयोजना हुने।

Monday, 10 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौं := भारतको सिक्किममा तेस्रो चासोक तङ्नाम कल्चलर कार्यक्रम आयोजना हुने भएको छ।नियारा प्रोडक्सनको मुख्य आयोजना तथा याक्थुङ थाङ्बेन मेसया सायङ कालेमम्पुङको सहआयोजनामा यहीँ डिसेम्बर १४ तारिख देखी १६ तारिख सम्म हुन लागेको यो तेस्रो चासोक तङ्नाममा विभिन्न साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ्न।

कार्यक्रममा नेपालको ख्यातिप्राप्त कलाकारहरुको विशेष उपस्थिति रहनेछ्।कार्यक्रममा मिस नेपाल् २०१४ का सुबिन लिम्बु,गायक कुशल थलङ,गायिका सीता सिंघक,सुनिता थेगिम,मौसम इम्बुङ लिम्बु,कवि नुनाम केरुङ,मोडल सुम्निमा तुम्बापो लगायतको कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।

चासोक तङ्नाम कार्यक्रम विशेषगरि सिक्किममा रहेका लिम्बुहरुलाई एकचित्र गराउने र हराउदै (लोप हुँदै) गएको मौलिक संस्कार र संस्कृतिकको जगेर्ना गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गर्न लागेको नियारा ताम्लिङले बताइन् ।
कार्यक्रमले भारतको सिक्किममा बसोबास गरिरहेको  लिम्बुहरु र नेपालका लिम्बुहरुमा भएको संस्कार संस्कृती,रितिरिवाज ,भाषा धर्मको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने पाठ सिकाउन मदत पुग्ने अपेक्षा समेत गरिएको कवि नुनाम केरुङ्ले बताउनु भयो

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu