आदिवासीको चाडपर्वमा दिइने बिदा कटौती खारेजीको माग गर्दै महासंघ मलेसियाद्वारा केपी ओलीलाई ज्ञापनपत्र

Tuesday, 18 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाले नेपाली राजदुतावास मलेसिया द्वारा नेपाल् सरकारको ध्यानाकर्षण गराउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ।

नेपालमा परापुर्व कालदेखि बसोबास गर्दै आइरहेको आदिवासी जातीको चाडपर्वमा मुश्किलले एक दिन दिदै आएको सार्वजनिक बिदा समेत कटौती गरेको विरुद्धमा सो निर्णय खारेजीको जोडदार माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ मलेसिया शाखा,सम्बद्ध जातिय संघसंस्थाको सक्रियतामा मंगलबार ज्ञापनपत्र बुझाएको हो।

वर्तमान सरकारले देश बिकास र समृद्धिको बहानामा आदिवासीहरुको माघेसक्रान्ती, माघी,सोनाम ल्होसार, तमु ल्होसार, ग्याल्पो ल्होसार, उधौली, उभौली लगायतको आदिवासीको मौलिक पर्वमा दिईदै आएको सार्वजनिक बिदा कट्टि गरि प्रदेशमा सिमित गरिए प्रती असन्तुष्ट ब्यक्त गर्दै पुनरावृत्तको लागि,सो निर्णय सच्याएर सबै जातजातिको चाडपर्वमा सम्मान विदाको ब्यवस्था गर्न माग गर्दै महासंघ मलेसिया केन्द्रिय समिती क्वालालम्पुरको महासचिव सबिन लोप्चन तामाङ,कोषाध्यक्ष राजेन्द्र वाईवा तामाङ र तामाङ समाज मलेसियाका कोषाध्यक्ष बिक्रम वाईबा तामाङ लगायतको उपस्थितिमा ध्यानाकर्षण ज्ञापनपत्र नेपाली राजदुतावास मलेसियाको कार्यवाहक राजदुत कुमार राज खरेल मार्फत ओलीलाई बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदुत खरेलले जतिसक्दो चाडोँ आफुले नेपाल् सरकार समक्ष यो पत्र बुझाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
जानकारी अनुसार आदिवासी जनजाती महासंघ नेपाल लगायतको संघसंस्थाले  बुधबार देखी काठमाडौंमा नेपाल् सरकारको विरुद्धमा चरणबद्ध आन्दोलन गर्नेभएको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu