हरेन्द्र चौधरी,,
कैलाली:=पछिल्लो समयमा थारु म्युजिक भिडियो निर्माण हुने क्रमले एकदम गति लिएको पाइन्छ ।
यसै क्रममा एक साता अघि मात्रै ‘कैलाली बौनिया में उ तोहार घर बा’ भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नव गायिका सिर्जना चौधरीको शब्द र स्वरमा सजिएको गीत केशव बडुले एरेन्ज गरेका छन् । यस्तै गीतमा गायक रोशन रत्तगैयाले ¥याप दिँदै सुगन्ध मिसाएका छन् ।
काठमाडौं स्थित तरंग डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत गायक रोशन रतगैयाको उनको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा थारु म्युजिक भिडियोका चर्चित मोडल बिर चौधरी र अस्मिता चौधरी लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ ।

नारायण नेपाललको मेकअप मोडेल बिर चौधरीकै कन्सेप्ट निर्देशनमा रहेको भिडियोको छायांकन बिहारी दहितले गरेका छन् भने म्युजिक भिडियोको निर्माता श्री नारायण चौधरी रहेका छन् । निर्माण पक्षका अनुसार भिडियोले दर्शकहरुको राम्रो माया पाईरहेको जानकारीमा आएको छ।