रेशम चौधरीको रिहाइ र निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै टीकापुरमा प्रदर्शन

Wednesday, 5 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी,,

टीकापुर:= नयाँशक्ति पार्टी नेपालले बुधवार कैलालीको टीकापुरमा विरोध प्रदर्शन गरेको छ ।प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाइ र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

टीकापुरस्थित जेसिस हलदेखि खडक चोकसम्म विरोध प्रदर्शन गरिएको थियो । खडक चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नयाँशक्ति पार्टी नेपालकी हेडक्वाटर सदस्य हिसिला यमीले मुलुकमा दण्डहीनता र अराजकता मौलाएको बताइन् । जसकारण दुईतिहाईको बलियो सरकार भएपनि निर्दोष जनताले दुःख पाइरहेको उनले बताइन् ।

नेतृ यमीले भारी बहुमतले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ नगरेर सरकारले जनमतको अपमान गरेको आरोप लगाइन् । सांसद चौधरीलाई विजयी प्रमाणपत्रसहित शपथ ग्रहण तत्काल गराउनुपर्ने पनि उनको भनाई थियो । उनले महिनौं दिनसम्ममा पनि सरकारले निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न नसक्नुले नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको बताइन् ।

कार्यक्रममा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज कृष्णकुमार चौधरीलगायतले पनि सम्बोधन गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu