थारु कला संस्कृति जोगाउन स्थानीय सरकार विशेष ध्यान दिनुपर्ने : थारु अगुवा

Monday, 3 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कैलाली:=गौरीगंगा नगरपालिका वडा नं.१० उदासीपुरमा थारु देउता स्थापना तथा लवाङ्गी पुजा कार्यक्रम सुरु भएको छ ।
आज सोमबारसम्म हुने कार्यक्रमको गौरीगंगा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरी र थाकस कैलालीका कार्यवाहक अध्यक्ष माधव चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा अधिकांश वक्ताहरुले थारु लोक कला, रिती संस्कृति तथा धार्मिक संस्कार लोप हुँदै गइरहेकोले सबैजना आआफ्नो ठाउँबाट बचाउन अग्रसर हुनु पर्ने जोड दिएका थिए । यसका साथै थारु लोक कला, रिती संस्कृति तथा धार्मिक संस्कारलाई जोगाउन स्थानीय सरकार विशेष ध्यान दिनु पर्ने औल्याएका थिए । थारु संस्कार परम्परा प्रचारप्रसार गर्ने उद्देश्यले थारु देउता स्थापना तथा लवाङ्गी पुजा आयोजना गरेको थारु गुरुवा बदैवा समाज सेवा समिति गौरीगंगा शाखाका सचिव धनी राम चौधरीले बताए ।

कार्यक्रममा थारु कलाकारहरु महालोक गायक मनिराम चौधरी, दर्पण कुश्मिया, गयिका सोनु कुश्मी, बिनिता चौधरी, हास्य कलाकार सत्यनारायन फेतरा लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
थारु गुरुवा बदैवा समाज सेवा समिति तथा बडघर समाज गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका–८, को अयोजनामा कार्यक्रम भएको हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu