नेकपाको १३८७ सदस्यीय प्रदेश कमिटीमा ४५ जना थारु सदस्य छानिए

Tuesday, 4 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३८७ सदस्यीय प्रदेश कमिटीमा ४५ जना थारु प्रदेश सदस्य भएका छन् । नेकपाले सोमबार सार्वजनिक गरेको सदस्य सूचीमा सबैभन्दा वढी सुदूरपश्चिम प्रदेशबाट १४ जना थारु सदस्य भएका छन् ।

त्यस्तै, प्रदेश २ बाट १३ जना र प्रदेश ५ बाट पनि १३ जना सदस्य भएका छन् । सोहीअनुसार प्रदेश १ बाट ५ जना थारु सदस्य भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट कृपाराम रानाथारु (कञ्चनपुर), मायाराम चौधरी (कञ्चनपुर), रामऔतार रानाथारु (कञ्चनपुर), खुशीराम चौधरी (कैलाली) र कुलवीर चौधरी (कञ्चनपुर) रहनुभएको छ । त्यस्तै, गौरीशंकर चौधरी (कैलाली), हरिराम चौधरी (कैलाली), अमिनप्रसाद दहित (कञ्चनपुर), शेरबहादुर चौधरी (कैलाली), लाजुराम चौधरी (कैलाली), अमर चौधरी (कञ्चनपुर), नैनबहादुर चौधरी (कैलाली), पोतिलाल चौधरी (कञ्चनपुर) र फुल्लन रानाथारु (कञ्चनपुर) रहेका छन् ।

त्यस्तै, प्रदेश ५ बाट रामदास थारु (बाँके), तुलसी चौधरी (रुपन्देही), गंगा सत्गौंवा (दाङ), भवनकुमार चौधरी (वर्दिया), सुकै थारु (वर्दिया), पटु थारु (वर्दिया), अन्जु दहित (वर्दिया), दिपेश थारु (वर्दिया), दुर्गाबहादुर थारु (वर्दिया), मानबहादुर थारु (वर्दिया, रामजी चौधरी (वर्दिया) रामबहादुर थारु (वर्दिया) छन् ।

सोहीअनुसार प्रदेश २ बाट त्रिलोकी चौधरी (बारा), असरा चौधरी (सप्तरी), कल्याणी चौधरी (बारा), राजेन्द्र चौधरी (सिराहा), बुधनीदेवी महतो (महोत्तरी), जितेन्द्र महतो (महोत्तरी), गंगा चौधरी (सप्तरी), ईन्द्रनारायण चौधरी (सप्तरी), बलेश्वर थारु (पर्सा), तपेश्वर चौधरी (बारा), मानपुर चौधरी (सप्तरी), रामबाबु चौधरी (महोत्तरी) र जिवच्छ चौधरी (महोत्तरी) रहेका छन् ।

सोहीअनुसार प्रदेश १ बाट लक्ष्मीनारायण चौधरी (उदयपुर), बालेश्वर चौधरी (सुनसरी), दोरिकलाल चौधरी (सुनसरी), सत्यनारायाण चौधरी (मोरङ) र अमनलाल मोदी थारु (मोरङ) छन् ।

यसअघि नेकपाको केन्द्रीय कमिटीमा पनि केही थारु प्रतिनिधि चयन भएका थिए । पोलिटव्यूरो कमिटी गठन हुन बाँकी छ । नेकपाले प्रदेश १ मा २०७ जना, प्रदेश २ मा २१५, प्रदेश ३ मा २१७, गण्डकीबाट १८७, प्रदेश ५ बाट २०३, कर्णालीबाट १७५ र सुदूरपश्चिमबाट १८३ गरी कुल १३८७ जना प्रदेश कमिटी सदस्य टुगो लगाएको छ । प्रतिशतमा हिसाव गर्दा थारुको प्रतिनिधित्व ३.२४ मात्र हो । जनगणना २०६८ अनुसार थारुको जनसंख्या करिब साढे ६ प्रतिशत छ ।
                  (साभार:-हमार पाहुरा वाट)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu