मिस तामाङ पोखरा - २०१९ को ताज कुसुम तामाङले जितिन ।(भिडियो सहित हेर्नुस्)

Tuesday, 29 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
[बिजयी सुन्दरी कुसुम तामाङ]

                   
 (माथी दिइएको युट्युब लिङ्कमा क्लिक गरि भिडियो हेर्नुस्)
पोखरा := मिस तामाङ पोखरा २०१९ को ताज कुसुम तामाङले जितेकी छिन् । बिरौटा निवासी कुसुमले फाईनल राउण्डका निर्णायक तथा कलाकार एवम् पाईलट विजय लामाको प्रश्नको उत्कृष्ट जवाफ दिँदै ताज जितेकी हुन् ।

कुसुमलाई नेपालको राष्ट्रिय गानको ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ अंशको अर्थ सोधिएको थियो । उनको जवाफलाई निर्णायकले उत्कृष्ट ठहराएपछि उनले ताज पहिरिन सफल भएकी हुन् । उनलाई मिस तामाङ पोखरा २०१८ की बिजेता कविता बोम्जनले ताज पहिराएकी थिईन् । ताजसँगै उनले बेस्ट पर्सानिलिटी टाईटल पनि जितेकी छिन् । उनले नगद ५० हजारसँगै, ताज, ट्रफी र प्रमाणपत्र समेत प्राप्त गरेकी छिन् । कुसुमलाई म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पनि मिल्नेछ ।

प्रतियोगितामा नालामुखका प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप भएकी छिन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । साथै रामेछापकी सजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बन्न सफल भएकी छिन् । उनले नगद २० हजार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड समेत जितेकी छिन् । उनले नगद १५ समेत प्राप्त गरेकी छिन्।

प्रतियोगितामा बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरकी सोफिया स्याङबो मिस पंक्च्युवल, काठमाण्डौ बसोबास गर्ने मकवानपुरकी जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनकी रिस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ बेस्ट वक, काठमाण्डौकी रिता लोप्चन बेस्ट स्माइल, पोखरा लेकसाइडकी मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोककी सोनी तामाङ ब्युटी विथ पर्पोज र सृजनाचोककी आशा तामाङ बेस्ट हेयर टाईटल जित्न सफल भएका थिए । प्रतियोगितामा १४ जना प्रतियोगीहरु सहभागीहरु थिए ।

बैदाम तामाङ समाज पोखराको आयोजनामा भएको प्रतियोगितामा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्र्तराष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयकी सह प्रशासकिय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालकी संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ रहेका थिए । सन् २०१६ बाट सुरु भएको प्रतियोगितामा सन् २०१६ को संस्करण निमा लामा, सन् २०१७ मा दिप्ती गोम्जा र सन् २०१८ मा कविता बोम्जनले ताज पहिरिन सफल भएकी थिईन् । मुर्चुन्गटिभीवाट
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu