प्रथम बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सव शुरु

Sunday, 13 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

श्याम सि.टी.,,
कपिलवस्तु := थारु समुदायको नयाँ वर्ष माघी खिचडीको पावन अवसरमा थारु भाषा,कला,संस्कृति हम्मनके शान,पर्यटन प्रवद्र्धन कयना हम्मनके अभियान भन्ने मूल नाराको साथमा तीन दिने प्रथम बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सव तथा नयाँ बर्ष २०७५ पुस २८ गते देखि महाशिवरात्री मेलाको प्राङ्गणमा शुरु भएको छ ।

थारु भेष भूषा,भाषा,कला,संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्ष मनाउने क्रममा अहिले थारु समुदायमा ठाँउ ठाँउमा महोत्सव गरि मनाई रहेको बेला यो वर्ष देखि यस नगरमा पनि नगर स्तरिय महोत्सव गर्न लागेको आयोजकले जनाएको छ । महोत्सव मनाई रहँदा फुटेर होइन जुटेर जानु पर्दछ,थारु समुदायको सांस्कृतिक पक्ष मात्रै नभएर शैक्षिक,समाजिक,आर्थिक,ब्यवसायकि क्षेत्रमा पनि विकास गर्नु पर्दछ । थारु समुदायको संस्कृतिलाई विश्वमा चिनाउनको लागि यस क्षेत्रमा पनि थारु होम स्टेको निर्माण गर्न सके पर्यटन प्रर्वद्धन गर्न सकिने  प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताउनु भएको थियो ।

तीन दिन सम्म चल्ने महोत्सवमा थारु समुदायको खान पान,भेष,भूषा,सीप कलाको प्रर्दशन गरिनेछ । झुमरा,झर्रा,सजनी,विरहनी,मयुर नाच,लट्ठी नाँच,रेकर्ड डान्स प्रतियोगित तथा राष्ट्रिय एवं स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

महोत्सवमा बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्याल,जिल्ला समन्वय समितिका उपसंयोजक तारावती थारु,वाणगंगा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री,बाणगंगा नगरपालिका वडा नं १० का अध्यक्ष राम विहारी थारु,बाणगंगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सोमनाथ अर्याल,नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कमिटि सदस्य रवि बहादुर काफ्ले,राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल केन्द्रिय सदस्य गणेश थारु,नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य डाक्टर थारु,ओदारी खानेपानी उपभोक्ता समिति अध्यक्ष राम शंकर थारु लगाएतका वक्ताहरुले आ आफनो शुभकामना मन्तब्य राख्नु भएको थियो ।

महोत्सवको समुदघाटन कार्यक्रममा थारु जागृति युवा क्लबका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक दशरथ थारुको अध्यक्षता,बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता,बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्याल,जिल्ला समन्वय समितिका उपसंयोजक तारावती थारुको विशिष्ट आतिथ्यता, क्लबका उपाध्यक्ष पुजा थारुको स्वागत मन्तब्य,श्याम सि.टी.र सीमा थारुको संचालनमा सम्पन्न भएको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu