अनुराग महतो,,
युएई := हरेक बर्षझै यस बर्ष पनि थारु कल्याणकारिणी सभा यु,ए,ई, च्याप्टरले माघी पर्व तथा आफ्नो सातौं बार्षिक भेला सम्पन्न गरेको छ ।
थारु कल्याणकारीणि सभा युएईको सचीव रुपेश चौधरीको सभापतीत्वमा भएको उक्त कार्यक्रममा नेफिन युएईका अध्यक्ष पासाङ्ग शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो भने युवा गायक केशव राज महतो र बासु देव चौधरीले उद्धघोषण गर्दै औपचारिक रुपमा कार्यक्रम सुरु भएको घोषणा गरेको थियो।

अतिथीको स्वागत,थारु सम्वत् २६४३ को शुभकामना मन्तब्य संस्थाकै प्रवक्ता खेम महतोबाट भयो।थारु कला,संस्कृति हाम्रो देशकै एक ठुलो सस्कृती हो । यसलाई संरक्षण गर्न जरुरी छ । बिबिधतामा एकता भनेकै हाम्रो आदिवासी जनजातीको सस्कृती हो र यसलाई हरेक समुदायले आत्मसात गर्दै समरक्षण दिनु पर्छ भन्दै आफ्नो छोटो र मिठो सन्देश मुलक मन्तब्य कार्यक्रमका प्रमुख अतिथी शेर्पाले दिनु राख्नु भएको थियो। ।
नेपाल देखी आमन्त्रीत पाहुनाहरु बहुचर्चित गायक श्रीनिवास चौधरी , युवा गायक केशव राज महतो , नेपालको पहिलो थारु फिल्म " करम " र " भुरभुरा रहरका निर्माता,अभिनेता तथा वरिष्ठ समाजसेवि रामलाल चौधरी र भुरभुरा रहर फिल्मकै निर्देशक,थारु पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा थारुवान ड्टकम अनलाईन मिडियाका सञ्चालक/सम्पादक मदन चौधरीलाई प्रमुख अतिथी सेर्पा र कार्यक्रमका सभापती रुपेश चौधरी द्वारा उहाहरुको काम र थारु समुदायको निम्ति पुर्याउनु भएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मान गरेका थिए।
साथै थारु कल्याणकारिणीसभा युएईको बन्द सत्रबाट रुपेश चौधरीको अध्यक्षतामा ३१ जना केन्द्रीय समिती सदस्य चयन गरिएको छ।सभाको प्रमुख सल्लाहकारमा घनश्याम चौधरीलाई मनोनीत गरिएको हो।
औपचारिक कार्यक्रम समापन भएको घोषणा सभापतीबाट भए लगतै गायकद्वयहरुले कार्यक्रमको माहोल लाई रङ्गिन मोडमा बदले ! बहुचर्चित गायक श्रीनिवास चौधरी को "नजरसे नजिरिया मिलाके " र "सेक्सी जवानी ले " बोलको गितले उपस्थित दर्शक र शुभ चिन्तकहरुलाई छमछम नचाए भने युवा गायक केशवले पनि "हर साल माघी आइल " बोल को गितले सबै दर्शक को मन जित्न सफल भए । अन्त्यमा , रङ्गिन माहोल को थकान पश्चात खानपिन गरि माघी उत्सब भब्य सम्पन्न भएको थियो।