राम दहित,,
कैलाली:= विन्दास म्युजिक आवार्डका लागि आवेदन फारम खुला भएको छ ।घोडाघोडी मिडिया संचार समुह (बिन्दास मिडिया) को आयोजनामा अगामी चैत्र १ र २ गते धनगढीमा दोस्रो पटक हुने राष्ट्रिय स्तरको थारु नेपाल आईस विन्दास म्यूजिक अवार्ड २०७६ को लागी आवेदन फारम आज शुक्रबार(माघ ११ गते) देखि खुलेको हो ।
विन्दास म्युजिक अवार्ड कार्यक्रमका संयोजक हरेन्द्र चौधरीले आवार्डका लागि आवेदन फारम खुलेको जानकारी दिए ।
आवार्ड कार्यक्रममा सहभागिताका लागि निम्न नियमहरु पलना गर्नु पर्ने जनाइको छ । अवार्ड कार्यक्रममा फिल्म र सांगितिक क्षेत्रमा सक्रिय कलाकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने छ ।
आवार्ड कार्यक्रममा सहभागिताका लागि निम्न नियमहरु पलना गर्नु पर्ने जनाइको छ । अवार्ड कार्यक्रममा फिल्म र सांगितिक क्षेत्रमा सक्रिय कलाकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने छ ।
अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संगै एक प्रति फोटो, नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा समावेश गराउनु पर्नेछ । अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संस्थाको आधिकारिक वेवसाइट http;|/tharunk.com/ मा प्राप्त गर्न सकिने छ । सो आवेदन फारम अनलाईनबाट मात्र भर्न सकिनेछ । अवार्डमा एक ब्यक्तिले बढिमा ३ ओटा विद्यामा आवेदन दिन सकिनmेछ ।
अवार्डको प्रत्येक बिधाका ४० प्रतिशत ख्यतष्लन , ५० प्रतिशत जुरी मेम्बर (Jury members) र १० प्रतिशत आयोजकको तर्फ बाट markin हुने छ । आवेदन दिएको मध्ये टप १० छनोट गरि नतिजा माघको २९ गते प्रकाशन गरिने छ । टप १० को भोटिंग फाल्गुन ५ गते देखि शुरु हुनेछ र अन्तिम भोटि¨ फाल्गुन महिनाको २९ गते राती १२ बजे बन्द हुनेछ ।अवार्ड छनौटका प्रक्रियाहरु विभिन्न सञ्चार माध्यम तथा कलाकारिता क्षेत्रका मध्येबाट एक जना, फिल्मी क्षेत्रका मध्येबाट एक जना, शब्द लेखकका मध्येबाट एक जना, राष्ट्रिय थारु कालाकार मंचका प्रतिनिधी, आयोजक लगायतका बढीमा ६ जनाको छनौट समितिले अवार्ड बारे अन्तिम निर्णय लिने छ ।
उत्कृष्ट १० मनोनयनमा पर्न सफल भएका कलाकारहरू संग आयोजकले मागे बमोजिम प्रत्येक विधाका उत्कृष्ट अडियो, भिडियो, फिल्म, आवेदकले पठाउन सक्नु पर्नेछ । साथै उक्त साम्रगी संस्थामा सुरक्षित रहने छ । अवार्ड कार्यक्रममा २२ विधामा अवार्ड गरिने जनाएको छ ।
लोप हुंदै गएको थारु मौलिक कला, संस्कृति एवम संस्कारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकोे जनाइएको छ । त्यस्तै थारु चलचित्र, म्युजिक भिडियो, थारु कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिन लागेको र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गर्ने उद्देश्यले पनि कार्यक्रम गरिएको संयोजक चौधरीले जनाए ।

दुई दिने कार्यक्रममा थारु संस्कृति संरक्षण र सम्वर्धनको लागि विभिन्न थारु झांकीहरु प्रस्तुत गरिने, युवा पुस्तामा बढ््दै गई रहेको विकृतिलाई कमगर्ने प्रयास गर्ने तथा दस्तावेजिकरण गने, परम्परागतथारु लोक कला संस्कृति र आधुनिक कलालाई नजिकबाट नियाल्ने र अध्ययनगर्ने, युवा पुस्तालाई थारु लोक कला संस्कृतिको महत्वबारे जानकारी गराई संस्कृति संरक्षणमा अभिप्रेरीत गर्ने रहेको छ ।