काठमाडौं उपत्यकामा २ दिने माघिको तयारी/प्रमुख अतिथिमा प्रधानमन्त्री ओलीलाई ल्याइदै

Wednesday, 2 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लक्की चौधरी ,,
काठमाडौं:= काठमाडौं उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले हरेक वर्षझैं यस वर्ष पनि पुस ३० र माघ १ गते (दुई दिन) माघी महोत्सव २०७५ टुँडीखेलमा मनाउने तयारी थालेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गराउने प्रयास गरिएको आयोजकले बताएको छ ।

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्य समितिको आयोजनामा हुन लागेको माघी महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेर तयारी थालिएको थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । यसअघिको दुई वर्ष उपत्यकामा दुई ठाउँमा माघी महोत्सव मनाएका थारु समुदायले यस वर्षको महोत्सव एकै ठाउँमा गर्ने तयारी गरेका छन् ।

महोत्सवमार्फत थारु समुदायको हस्तकला, भाषा, संस्कृतिक र संस्कारको प्रचार एवं संम्बद्र्धनसँगै थारु समुदायको अधिकारको मागसमेत प्रवाह गर्ने तयारी थाकसको छ । केन्द्रीय उपाध्यक्ष चौधरीकाअनुसार नयाँ संविधानमा थारुको अधिकार, माघी पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदाको व्यवस्था, टीकापुर घटनापछि दोसी आरोपमा पक्राउ परेका थारु समुदायको रिहाई तथा मुद्दा फिर्ताको माग समेत महोत्सवमार्फत प्रवाह गर्ने तयारी गरिएको छ ।

महोत्सवमा थारु समुदायका विभिन्न नृत्य, झाँकी, हस्तकलाका सामान तथा पहिचान र इतिहास झल्किने पुस्तक, पोष्टा र पत्रपत्रिकाकासमेत प्रदर्शन गरिने आयोजकले बताएको छ । महोत्सवमा थारु समुदायको प्रमुख खानाका परिकार ढिक्री, बगिया, अनदीको भात, घोङ्घी, गंगटा, परेवा, सुंगर, बंगुृरका परिकारका स्टलहरु राखिने उपाध्यक्ष चौधरीले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग महोत्वको उदघाटन गराउने तयारी स्वरुप उहाँसँग समय माग गरिएको भएपनि निर्णय हुन बाँकी रहेको उपाध्यक्ष चौधरीले बताउनुभयो । माघी पर्वलाई थारु समुदायले सबैभन्दा ठूलो पर्व (नयाँ वर्ष) को रुपमा मनाउने गर्छन् । २०६८ को जनगणनाअनुसार देशभर १७ लाख ३७ हजार ४७० थारुको जनसंख्या छ । उपत्यकामा मात्र लाखौं थारुहरु बसोबास गर्नेगरेको थाकसको दावी छ ।
श्राेत : हमार पाहुरा वाट साभार ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu