खिचरा महोत्सवमा सिडियो र एसपीले गरे अवलोकन, थारु खानाको लिए स्वाद

Wednesday, 16 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो,,
चितवन:= चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठोरले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव आज अवलोकन गरेका छन् ।

उनीहरुले महोत्सव परिसरमा राखिएका सबै स्टलहरुको अवलोकन गरी थारु खानाका स्वाद समेत लिएका छन् । उनीहरुले खिचरा पर्वमा थारु समुदायले विशेष परिकारको रुपमा खाने चिचरको पोका, घोंङ्गीलगायतका थारु खानाका परिकारहरुको स्वाद लिएका छन् । प्रजिअ बस्नेतले थारु मिनि गाउँमा रहेको थारु जातिका परम्परागत लोपोन्मुख सामग्रीहरुलाई विशेष चासो दिएर हेरेका थिए । 



मिनि संग्रहालयमा थारु जातिका सीपको प्रयोगबाट बनाइएको परम्परागत घरेलु सामग्री राखिएको छ । संग्रहालयमा मोरी, घौका, कोइनी, डेली, डुहुरी, धेवरीं, झाँझाँ, कहुला लगायत सयौं किसिमका सामग्रीहरु प्रदर्शन गरिएको छ ।

यसैगरी खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले पनि महोत्सव अवलोकन गरेका छन् । आज खिचरा महोत्सव आयोजकले इलाका प्रहरी खैरहनीबाट अन्यत्र सरुवा भई गएका प्रहरी निरिक्षक कैलाश विष्टलाई विदाई र प्रहरी निरिक्षक धनदेव साउतलाई स्वागत गरेका छन् ।
नगरप्रमुख चौधरीले प्रहरी निरिक्षकहरुलाई मुणेठा र सम्मान पत्र प्रदान गर्नुभयो ।
पुस २८ देखि शुरु भएको खिचरा महोत्सवको चौथो दिन आज महोत्सवमा उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो । आज एकैदिनमा करीब ६० हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएका छन् । महोत्सव माघ ७ सम्म चल्नेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu