बर्षा शाह ,,
काठमाडौं:= तराईका आदिवासी थारु समुदायले काठमाडौंको चुच्चेपाटीमा यस वर्षको माघी महोत्सव धुमधामले मनाएका छन्।
विगतका वर्षहरुमा टुँडिखेलमा माघी मनाउँदै आए पनि यस वर्ष सेनाले टुँडिखेल मैदान मगर समुदायलाई संवैधानिक र राजनीतक हस्तक्षेपका आधारमा दिएपछि पूर्वदेखि पश्चिमका थारु समुदाय चुच्चेपाटीमा बाध्य भएर माघी महोत्सव मनाएका हुन।
महोत्सवमा पूर्वका थारु देखि पश्चिमका थारु समुदायले आ-आफ्नो थारु भेषभूषा, परिकारहरु स्टलमा राखेर प्रदर्शनी समेत गरेका थिए। स्टलमा आउने अवलोकनकर्ताहरुले थारु परिकारहरु घोङ्ही, सितुवा, गंगटो, हासको मासु, परेवाको मासु, ढिक्री, बगिया, जाँड, तिल-खिचडीको भात, तिलको लड्डु, भुजाको लड्डु लगायत चाखेका थिए।

देश सञ्चारकी फोटो फत्रकार बर्षा शाहले चुच्चेपाटीमा पुगेर थारु माघी महोत्सवको तस्बिरहरु:






