चर्चित एवं लोकप्रिय बरिष्ठ कलाकार बी.एस राणाको निधन(Rip)

Friday, 1 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := चर्चित एवं लोकप्रिय बरिष्ठ कलाकार बी.एस राणाको निधन भएको छ । ७८ वर्षको उमेरमा राणाको उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन भएको हो । उनको निधन भएको चलचित्र संघकी महासचिव सरिता लामिछानेले पुष्टी गरेकीछिन् । कयौ चर्चित र हिट फिल्ममा अभिनय गरेका राणाले पाँच दर्जनजति नेपाली फिल्ममा काम गरेका थिए ।

श्री ३ पद्मशम्शेर जबराका नाती समेत रहेका राणाको पुरा नाम बेदेन्द्रशम्शेर जंगबहादुर राणा हो ।बहुआयामिक व्यक्तित्वका धनी उनले लामो समय काठमाडौंका धेरै स्कूल र कलेजमा अंग्रेजी शिक्षक एवं प्रधानाध्यापक भएर बिताए । उनले बेलायतबाट एमबीए गरेका हुन् । आफनो जीवनको अधिकांश समय भारतमा बिताएका राणाले दक्षिणा, कोसेली, दुई थोपा आँसु, दर्पण छायाँ २, सेतो बाघ, बसन्ती, दासढुङ्गा ,कसले चोर्‍यो मेरो मन ,चिनो लगायतका फिल्महरुमा अभिनय गरेका छन् ।

कुनै बेला नेपाली सेक्सपियर नामले समेत चिनिएका राणाले सिद्धार्थ र वसन्ती नामक चर्चित नाटकको निर्देशन समेत गरेका थिए । उनको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । ललितपुरको बागडोल बासिन्दा राणाको श्रीमती र दुई छोरी रहेका छन् ।  उनको निधनप्रति चलचित्रकर्मीहरुले शोक तथा श्रृद्धान्जली व्यक्त गरेका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu