थरुहट आन्दोलनको बेला भएको टिकापुर घटना मुद्धाको फैसला आज हुँदै ।

Wednesday, 6 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजाे (मंगलबार) सकिएकाे हाे । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ ।
आफ्नो जायज मागमुद्धालाई लिएर अधिकार् प्राप्तिको लागी गरिरहेको थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो 
आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।

जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गर्नुभएकाे थियो ।

त्यस्तै प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गर्नु भएको थियो । यो घटनका प्रमुुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत हुनुभएकाे थियाे । चौधरी गतबर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।


उहाँ हाल डिल्लीबजार कारागारमा हुनुहुन्छ । चौधरीलार्ई केही महिना अघि मात्रै संसद्मा सफथ गराइएको थियो । सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । त्यस्तै ३२ अभियुक्त अझै फरार रहेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu