रन्जन चौधरी (बारा सम्बादाता)
कोल्हवी:=बाराको कोल्हवी नगरपालिका वडा न.१ स्थित रहेका श्री अनुपदिपनी उच्च माध्यमिक विद्यालयका प्रागनमा आज प्रधानाध्यापक केवलप्रसाद चौधरीलाइ एक समारोहका बिच विदाई गरिएको छ ।
विद्यालयको प्राङ्गणमा आज सोमवार आयोजना गरिएको विदाई तथा सम्मान कार्यक्रममा प्रमुख अथितीमा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीले दोसल्ला ओढाइ सम्मान तथा विदाई गर्नु भएको थियो र उक्त कार्यक्रमलाई नगर प्रमुख भणडारीले सम्बोधन गर्दै यसक्षेत्रमा शैक्षिक स्तर उकास्न प्रअ चौधरीले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले शैक्षिक क्षेत्रको विकासले नै नगरको विकासमा टेवा पुर्याउने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय साहको अध्यक्षतामा आयोजित उक्त सम्मान तथा विदाई कार्यक्रममा कोल्हवी नरपालिकाकी उपमेयर सुनैनादेवी थरुनी, तामागढी साझेदारी वन समितिका अध्यक्ष रविन्द्र पनुहर, उद्योग वाणिज्य संघ कोल्हवीका अध्यक्ष महेशकुमार साह, वडा न. १का वडा अध्यक्ष वीरन्द्र चौधरी, वडा न. २ वडा अध्यक्ष भेषबहादुर ढकाल, वडा न. ३ वाडा अध्यक्ष किशुनदयाल चौधरी,वाडा न. ६ का वाडा अध्यक्ष पुरनदेव चौधरी, समाजसेवी रामप्रसाद चौधरी, ज्ञानु केसी, छविलाल उप्रेति, साना किसान कृषि सहकारी कोल्हवीका संयोजक विश्वनाथ चौधरी, प्राथमिक स्वास्थ्य चौकी कोल्हवीका प्रमुख किशोरी चौधरी लगायतले सुभकामना मन्तव्य राख्नु भएका थिए ।
उक्त अवसरमा नेपाली शिक्षक विष्णुमाया नगरकोटी समेत विदाई गरिएको छ । यसैगरी नवआगन्तु शिक्षकहरु जविलाल बन्जाडे र जितेन्द्र चौधरीलाई स्वागत गरिएको छ । विदाई तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रकाश चौधरीले गर्नु भएको थियो भने कारिक्रमका संचालन स्कुल बेवस्थापन समितिका सदस्य गोविन्द पौडेलले गर्नु भएको थियो।
विदाई गरिएका प्रधानाध्यापक चौधरी २०३५ सालमा शिक्षण पेशामा संलग्न भई २०६१ सालदेखी उक्त विद्यालयमा प्रअको रुपमा कामकाज गराउदै आएका कार्यक्रमका संचालक पौडेलले जान्कारी गराउनु भएको छ।