सेना प्रमुख सुवेदारमा मनोज कुमार चौधरी छनौट ।

Tuesday, 5 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
banner
काठमाडौँ :=नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट गरेको छ । 
मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार मनोजकुमार चौधरी उक्त पदमा छनोट हुनुभएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए।
 प्रधानसेनापतिको कार्यालयमा रही पदिक र तल्लो तहका सकल दर्जाका हक, हितका लागि सरसल्लाह गरेर सेनाप्रमुख समक्ष सिधै जानकारी गराउन सक्ने अधिकार रहको उक्त पद सेनाभित्र निकै महत्वपूर्ण मानिन्छ । 
यसअघि प्रधानसेनापतिले आफूले कमाण्ड गरेको पल्टन वा आफूले चाहेको व्यक्तिलाई जङगी अड्डाको सुवेदार–मेजरमा ल्याउने चलन रही आएको थियो ।
पदिकदेखि तल्लो तहसम्मका सकल दर्जाको खटन÷पटनदेखि आर्थिक व्यवस्थापनसमेत रहने सुवेदार–मेजरलाई सेनाभित्र निकै जिम्मेवारीको पद मानिन्छ । 
आफूभन्दा माथिल्लो तहमा रहेपनि सहायक सेनानीदेखि गणपतिसम्मलाई आवश्यक सरसल्लाहसहित अनुशासन र सैनिक आचरणमा रहन प्रेरित गर्ने जिम्मेवारीसमेत रहने हुनाले तल्लो तहमा भर्ना भएका प्रत्येक सैनिकले कम्तिमा पनि सुवेदार–मेजर हुने आकाङ्क्षा राख्ने गरेका छन्।
नेपाली सेनामा तालीम, बढुवा, जिम्मेवारीलाई बस्तुनिष्ट र पारदर्शी तुल्याउने क्रममा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट भएको प्रवक्ता ढकालले जानकारी दिए। 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu